अन्य थपखेलकुददेशप्रदेश-४ [गण्डकी]मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

Share to:

रासंसा/कास्की, चैत्र २३,

मुलुकमा पटक–पटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेको बताइएको छ । ओझा मन्त्रालयका सूचना अधिकारी समेत हुन् । यता, गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेका सरकारका प्रवक्ता कुमार खड्काले यस’boutमा आफूले मिडियामा आएअनुसार सुनेको बताए । ‘यस’boutमा प्रमुख सचिवसँग बुझ्दा मुख्यमन्त्री कार्यालयमा जानकारी आएको बताउनुभयो,’ उनले भने, ‘मुख्यमन्त्रीज्यू पोखरा बाहिर भएकोले आएपछि माननीय खेलकुद मन्त्री र कर्मचारीसँग सोधेर एउटा निर्णय लिनुहुन्छ । त्यो निर्णय लिनुहुन्छ । त्यही जानकारी गराउँछु ।’ मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले हातपात गरेको स्रोतले जनायो । तर मन्त्रीका स्वकीय (पिए) विशाल बरालले भने समाचारमा आएजस्तो हातपात नगरेको दाबी गरे । उनले भने, ‘समाचारमा आएजस्तो हैन । सामान्य रुपमा सम्झाउने काममात्र भएको हो । योजना धेरै थिए, ती योजना अघि बढाउनुपर्छ भन्नेमा मन्त्रीज्यूको कुरा थियो ।’ यस विषयमा बुझ्न खोज्दा कुटाइ खाएका भनिएका सूचना अधिकारी प्रकाश ओझाले भने मोबाइल स्वीच अफ गरेका छन् । घटना भएको भोलिपल्ट अर्थात् आज मन्त्री गुरुङ मन्त्रालय आएका छैनन् । उनले मन्त्रालयमा आफ्ना पिएलाई पठाए पनि उनी केहीबेर बसेर फर्किएको कर्मचारीहरुको भनाइ छ । मन्त्रालयका अन्य कर्मचारीसँग बुझ्न खोज्दा कर्मचारीले भने, ‘भित्र फाइल लिएर जानु भएको थियो । बाहिर आउँदा नबोली जानु भो । पछि मिडियाबाट थाहा भयो ।’ साथै प्रवक्ता खड्काका अनुसार प्रमुख सचिवसँग बुझ्दा मन्त्रालयमा बुझ्दा कर्मचारीले काम गर्ने वातावरण भएन भनी गुनासो आएको सुनेको बताए । यस’boutमा मुख्यमन्त्रीज्यूले आपसी छलफलपछि जे निर्णय गर्नुहुन्छ, त्यो उहाँको कुरा भयो, भने । यसैबीच, मन्त्री मनाङे पोखरामा आजदेखि सुरु भएको प्याराग्लाइडिङ प्रतियोगिता उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रममा गएनन् ।

Like