सर्वसाधारण युक्रेनबाट निकाल्न १० वटा मानवीय करिडोर

Share to:

एजेन्सी,

विश्वमा क्रेनले द्वन्द्वको अग्रपंक्तिमा रहेका शहरबाट सर्वसाधारणलाई बाहिर निकाल्न १० वटा मानवीय करिडोरको स्थापना गर्ने भएको छ । रूसी सेनाले चेकपोस्टबाट बस प्रवेशमा रोक लगाएका कारण शहर छोड्न खोज्ने नागरिकहरूले निजी सवारीमा जानुपर्ने जनाइएको छ । यसैबीच, कीएभमा रहेको स्लाभ्युटिच शहरलाई रुसी सेनाले नियन्त्रणमा लिएको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै इरिना भेरेशचुकले रुसी सेनाको घेरामा परेको मारिउपोलको दक्षिणी बन्दरगाहमा रहेका मानिसहरुको उद्धारका लागि मानवीय करिडोर स्थापना गर्ने जानकारी दिनुभयो । यता, युक्रेनले जारी द्वन्द्वमा हालसम्म १ सय ३६ बालबालिकाको मृत्यु भएको जनाएको छ । आक्रमणमा कम्तिमा १ सय ९९ जना बालबालिका घाइते भएका छन् । चेर्नोबिल आणविक प्लान्टका कामदारहरू रहेको उक्त शहरलाई रुसी सेनाले कब्जामा लिएको किएभका गभर्नरले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Like