३ वटा एजेण्डा तयसंगै चैत ११ गते काँग्रेस केन्द्रीय समिति बैठक बस्दै,

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ४,

मुलुकमा नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत ११ गतेका लागि तय भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा बोलाइएको काँग्रेस बैठकलाई महत्वका साथ हेरिएको छ । काँग्रेसभित्र आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाउने कि नबनाउने भन्नेबारे अन्तरविरोध रहेको बेला यसबारे बैठकले ठोस निर्णय लिने अपेक्षा गरिएको छ। काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले चैत्र ११ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहनेछ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुनेछ । यस्तै संसदीय समिति गठन र विविध गरी ३ वटा एजेण्डा तय गरिएको छ ।

Like