चौथो ब्यास नगर मेयरकप खुला पुरुष महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Share to:

अन्जनराज न्यौपाने ,फाल्गुन १५ तनहुँ ।
व्यास नगर ब्याडमिन्टन क्लबद्वारा दमौलीमा आयोजित चौथो ब्यास नगर मेयर कप खुल्ला पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पुरुष तर्फ बि लेबलमा धादिङका राम मल्ल र लक्ष्मण मल्लको जोडी प्रथम भएका छन्।
यस्तै पोखराका सरोज गुरुङ र डोलराज आलेको जोडी द्वितीय भएका हुन्। दमौलीका बुद्धि प्रधान र सागर थापा ,गोविन्द थापा र प्रसन्न थापाको जोडी सान्त्वना भएका छन ।
त्यस्तै सि लेबलमा जिल्ला प्रहरी कार्यालय तनहुँका लालबहादुर थापा र मेघराज बसेलको जोडी प्रथम भएका हुन्।
दमौलीका रुबी श्रेष्ठ र स्पन्दन श्रेष्ठको जोडी द्वितीय भएका छन यसैगरी ,दमौलीका कमल कोइराला र पोटबहादुर सारु तथा विनोद चौधरी र श्रीबहादुर आलेको जोडी सान्त्वना भएका छन ।
त्यस्तै महिलातर्फ दमौलीकी सानुमाया श्रेष्ठ र रुबी श्रेष्ठको जोडी प्रथम भएका हुन्।
काठमाडौंकी तारा आले र मनिषा खड्काको जोडी द्वितीय भएको व्यास नगर ब्याडमिन्टन क्लबका अध्यक्ष जीवन गुरुङ ले बताए ।
बि लेभलमा प्रथम हुने खेलाडीलाई ३५ हजार, द्वितीय हुने खेलाडीलाई २० हजार, सान्त्वना हुने २ जनालाई ५ हजार, सि लेभलमा प्रथम हुने खेलाडीलाई २० हजार, द्वितीय हुने खेलाडीलाई १० हजार, सान्त्वना हुने २ जनालाई ५ हजार, महिला तर्फ प्रथम हुने खेलाडीलाई २० हजार र द्वितीय हुने खेलाडीलाई १० हजार रुपैयाँ नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, समाजसेवीदोय रञ्जन मल्ल र गोविन्द श्रेष्ठले संयुक्त रुपमा वितरण गरेका हुन ।
उदयमान खेलाडीमा बि लेबलमा दमौलीका प्रवेश श्रेष्ठ, सि लेबलमा दमौलीका स्पन्दन श्रेष्ठ, महिलामा पोखराकी दिलासा राना घोषित भएका छन । बि लेबलतर्फ दमौलीका प्रसन्न तामाङ, सि लेबलमा लालबहादुर थापा र महिलातर्फ काठमाडौंकी तारा आले उत्कृष्ट खेलाडी घोषित भइ भिएसीइ कम्पनीका झोला, ब्याडमिन्टन ब्याग, ट्रफी हात पारेका थिए ।
बि लेबलमा २९, सि लेबलमा २२ र महिला तर्फ ६ टिमको सहभागिता रहेको क्लबका सचिव कृष्णराज घिमिरेले बताए । ब्याडमिन्टन खेलको विकास गर्ने र युवाहरुलाई सो खेलतर्फ आकर्षण गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको क्लबका उपाध्यक्ष कुलबहादुर थापाले बताए ।

Like