आजपनि कुरा मिलेन काँग्रेस –एमाले वार्ता

Share to:

रासंसा/काठमाण्डौ फाल्गुन १४,

मुलुकमा संसद खुलाउने र एमसीसी अनुमोदन गर्ने विषयमा काँग्रेस एमालेका नेताहरूबीच शनिबार भएको छलफल पनि विना निष्कर्ष सकिएको छ । काँग्रेस एमालेबीच शनिबारको छलफललाई निर्णायक भनिएको थियो । आइतबारको संसद् बैठक खुल्छ भन्ने रु प्रश्नमा मन्त्री कार्कीले भने, ‘मैले तपाईंहरूलाई नयाँ खवर भनौला भनेको थिएँ त्यो भएन ।’ उनले अहिलेसम्म गठबन्धन दायाँबायाँ नभएको समेत बताए । उनले संसद् सुचारु होस् भन्ने आशामात्र गर्न सकिने बताए । शनिबारको छलफलमा काँग्रेसका तर्फबाट मन्त्री कार्कीसहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी थिए । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेताहरूबीच भएको छलफलपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमालेसँग प्रस्ताव राखेपनि एमालेले पुरानै अडान दोहोर्‍याएको बताए । कार्कीले एमालेले पुरानै अडान दोहोर्‍याएको भन्दै संसद्मा आफूहरूलाई प्रवेशको ढोका खोल्नुपर्छ भन्ने सर्त नछाडेको बताए ।

Like