न्याय परिषद्को विशेष अदालतमा न्यायाधीश खटाउन बैठक बस्दै
रासंसा/काठमाण्डौ, फाल्गुन ११,
मुलुकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार न्याय परिषद्को बैठक बोलाएका छन् । विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनका लागि परिषद्को बैठक डाकिएको हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार बुधबार अपराह्न ४ बजेका लागि परिषद्को बैठक बोलाइएको छ । बैठक एजेण्डाका सम्बन्धमा भने अहिले नै केही भन्न नमिल्ने बताए । यद्यपि बुधबार बस्ने परिषद्को बैठकले विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने एजेण्डा रहेको छ । त्यसबाहेक विविध विषयमा पनि छलफल हुनेछ ।
Like
