सरकारी बैंक ७ वाणिज्य बैंकको एनपीएल कसरी बढ्यो ?

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ४,

चालु आर्थिक वर्षको ६ महिनामा २७ वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) औषतमा १.१५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको रिपोर्टअनुसार सरकारी स्वामित्वको तीन वाणिज्य बैंकसहित २४ निजी बैंकहरूले आर्थिक वर्षको पुस मसान्तसम्म प्रवाह गरेको कूल ४१ खर्ब ४३ अर्ब ७० करोड कर्जामध्ये ४७ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी खराब कर्जामा रूपान्तर भएको हो । अर्थात्, कूल कर्जाको १.१५ प्रतिशत कर्जा बैंकहरूले असुल्न सकेका छैनन् । खराब कर्जा ५ प्रतिशत नाघेमा त्यस्तो बैंकलाई जोखिमयुक्त मानिन्छ । निजी क्षेत्रका बैंकको तुलनामा सरकारी स्वामित्वका तीनवटा वाणिज्य बैंकहरू ऋणीलाई दिएको कर्जा समयमै उठाउन कमजोर देखिएका छन् । चालू आर्थिक वर्षको ६ महिनाभित्र तुलनात्मक रूपमा कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) दर उच्च देखिएको हो । यस्तो खराब कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूले ०.५३ प्रतिशतले घटाएका छन् । अघिल्लो वर्ष बैंकहरूको खराब कर्जा (एनपीएल) दर औषतमा १.६८ प्रतिशत थियो ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *