एमाले सभामुखले बाेलाएकाे सर्वदलीय बैठकमा सहभागी नहुने

Share to:

रासंसा/काठमान्डौ, फाल्गुन २,

मुलुकमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ। महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले सत्तारुढ दलले प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव लोकतन्त्रमाथिको प्रहार, संघीय लोकतान्त्रिक गणतन्त्र र सुदृढ हुदै गएको राजनीतिक प्रणालीलाई अस्थिर बनाउने र नियन्त्रित अस्थिरता सिर्जना गर्ने उदेश्य अनुसार अघि बढाएको निश्कर्ष निकालेको थियो। त्यस्तै उसले उक्त कदमको प्रतिवाद गर्ने निर्णय समेत गरेको थियो। एमालेका अनुसार सभामुखप्रति एमालेको असहमति रहँदै आएकोले उनले नै बोलाएको बैठकमा नजाने निर्णय गरेको हो। स्रोतका अनुसार एमालेले आजै सभामुख सापकोटाविरुद्ध महाभियोग प्रस्ताव लैजाने तयारी समेत गरिरहेको छ।

Like