भारतसंग जोडिएका सिमा नाका आजदेखि बन्द
रासंसा/महेन्द्रनगर, माघ २८,
भारतसंग जोडिएका सिमा नाका आजदेखि बन्द हने भएका छन् । भारतसंग जोडिएका पश्चिमी सिमानाका चार दिनका लागि बन्द हुने भएका छन्। भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपालसंग जोडिएका सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। त्यसैगरी बैतडीको झुलाघाट, दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलंगालगायतका भारतसंग जोडिएका नाका बन्द हुनेछन्। निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको हो। उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी नाका आज साझ ६ बजेदेखी बन्द हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए। उनका अनुसार माघ २८ गते साँझ ६ बजेदेखी फागुन २ गते साँझ ६ बजेसम्म नाका बन्द हुनेछन्।
Like