लब्रेकुटी एक पर्यटकीय स्थल

Share to:

रासंसा/पाँचथर, माघ २८,

मुलुकमा धेरै पर्यटकीय स्थलहरु छन् । पाँचथर जिल्लाको इम्बुङ र फिदिमको सिमानामा पर्ने सिलौटी मन्दिर नजिकै फिदिम र चोकमागु गाविसको सिमानामा लब्रेकुटी भन्ने अर्को स्थल छ जुन महागुरू फाल्गुनन्द लिङदेनद्वारा बि.सं. १९८३ सालमा स्थापना गरेका हुन् । १९८८ साल बैशाख २४ गते फाल्गुनन्दले यसै स्थानमा वृहत १० लिम्बु १७ थुमको चुम्लुङ सभा गरेका थिए । त्यो सभा लिम्बुहरूको ठूलो यज्ञ थियो । यसै यज्ञमा उनेले १० बुँदे सत्य धर्मको लिखित मुचुल्का पारित गराए । वास्तवमा लिम्बुहरू त्यसै रीतिरिवाजमा नै बाँधिन थाले । अनि त्यस मुचुल्कालाई नै उनिहरूले आफ्नो जातिय धर्म माने । किराँत धर्मावलम्बीहरुको आस्थाको धरोहरका रुपमा स्थापित यस स्थानमा सयौं रोपनी जमिन खाली रहेको छ जुन तत्कालिन सुव्वाहरूद्वारा उक्त स्थलका नाममा प्रदान गरिएको हो र यस स्थलमा महागुरूको शालिक पनि बनाइएको छ । हाल पिकनिक क्षेत्रका रुपमा स्थापित लब्रेकुटी, सिलौटी र पौवाभञ्ज्याङ क्षेत्रमा फागुन चैतमा बिभिन्न प्रजातिका रङगीचङगी गुराँसका फुल्दछन् । यस स्थानमा किराँतिहरूको भाषा र संस्कृति अध्ययन अध्यापन गर्नाका लगि नेपाल सरकारबाट मान्यता प्राप्त बिद्यालय पनि खुलेको छ ।

Like