चीनकै हिस्सा रुसले ताइवानलाई मान्यो

Share to:

एजेन्सी,

विश्वमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शीतकालीन ओलम्पिकको उद्घाटन समारोहका लागि शुक्रबार बेइजिङ पुगेका छन् । त्यहाँ उनले चीनका राष्ट्रपति सी जनपिङसँग भेटघाट गरे । भेटमा उनले ताइवानलाई चीनको अभिन्न अङ्ग मानेका छन् । साथै उनले ताइवानको कुनै पनि किसिमको स्वतन्त्रताको दाबीलाई खारेज गरिदिएका छन् । भेटघाटपछि जारी संयुक्त बयानमा भनिएको छ, ‘रुस एक चीन नीतिको समर्थन गर्छ ।’ यसमा चीनले अमेरिकालाई हङकङमा दङ्गा भड्काइरहेको आरोप लगाएको छ । साथै ताइवानलाई स्वतन्त्रताको मुद्दामा उचालिरहेको पनि बताइएको छ । रुसले पनि अमेरिकाले युक्रेनमा सङ्कट बढाइरहेको आरोप लगाएको छ । बदलामा चीनले पनि युक्रेनको मुद्दामा अमेरिकासँग चलिरहेको तनावमा रुसका समर्थन गरेको छ । विश्वका दुई महाशक्तिको यो मिलनबाट ताइवान र युक्रेनको सङ्कट थप गहिरिने आशङ्का व्यक्त गरिएको छ । ५ हजार ३ सय शब्द लामो संयुक्त विज्ञप्तिमा रुस र चीनले एक अर्काको रक्षाका लागि सहयोगको आवश्यकता रहेको बताएका छन् । जसमा उनीहरूको सम्प्रभुता, क्षेत्रीय अखण्डता र घरेलु मामिलामा अन्य कुनै देशको हस्तक्षेप स्वीकार गर्न नसकिने विषयहरू समावेश गरिएका छन् । पछिल्लो समयमा पुटिन युक्रेनलाई नेटोमा समावेश गर्ने विरोधमा अमेरिकासमेत यस समूहको सबै सदस्यसँग जुझिरहेको छ । विगत २ वर्षको अवधिमा जिनपिङ कुनै पनि देशको राष्ट्रपतिसँग भेटघाट गरेको यो पहिलो पटक हो । यो भेटघाटपछि रुस र चीनको सम्बन्ध थप प्रगाढ भएको छ । दुवै मुलुकका नेताले भेटघाटपछि संयुक्त विज्ञप्तिमा भनेका छन्‘नेटो देशले शीतयुद्ध कालको रणनीतिको बाटो त्यागून् ।’

Like