नेपाल सरकारलाई अमेरिकी दूतावासले दियो बधाइ
रासंसा/काठमाण्डौ, माघ २२,
‘नेपालको वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोभिड-१९ को पूर्ण मात्राको खोप लगाउन सफल भएकोमा नेपाललाई बधाइ। अमेरिका महामारीको सुरूवातदेखि नै नेपालको कोभिड-१९ प्रतिकार्यको निरन्तर सहयोगी बन्दै आएको छ, जसमा २३ लाखभन्दा बढी डोज कोभिड१९ भ्याक्सिनसमेत झन्डै १२० मिलियन डलरभन्दा बढीको आर्थिक, सामाग्री तथा सेवा सहायता उपलब्ध गराइसकेको छ। नेपालीहरू भाइरसलाई परास्त गर्नेतर्फ सफल हुँदै गएकोमा हामी हर्षित छौं,’ दूतावासले भनेको छ। काठमाडौंस्थित अमेरिकी राजदूतावासले नेपालका ७० प्रतिशत नागरिकले पूर्ण खोप लगाएको भन्दै बधाइ दिएको छ। कोरोना भाइरसविरुद्धको खोप अभियानमा अमेरिका पनि साझेदार रहेको भन्दै दूतावासले बधाइ दिएको हो। नेपाल सरकारले हालै ७० प्रतिशत नेपाली नागरिकले पूर्ण खोप लगाएको तथ्यांक सार्वजनिक गरेको थियो।