ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
अन्जनराज न्यौपाने / गण्डकी प्रदेश / माघ१८ गते ****************************************
ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकलमा सवार दुवै जनाको घटना स्थलमै मृत्युु भएको छ।
बन्दिपुर गाँउपालिका१ बेलभ्ञ्याङ स्थित पृथ्वी राजमार्गमा
डुम्रेबाट पोखरा तर्फ जादै गरेको लु.१ख ९८३२ नम्वरको ट्रक र दमौली बाट डुम्रे तर्फ जादै गरेको ग.१८प ९२२५ नम्वरको .मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाईकल चालक जिल्ला तनहुँ ब्यास न.पा.५ बस्ने बर्ष २२ को अनिल बाचे मगर र सोही वडा नम्बर ५ बरवोटे बस्ने बर्ष २२ को बिकाश बि.क.को घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ। ठक्कर दिने ट्रक चालक जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेका छन्।
Like