भिडभाडजन्य गतिविधि नगर्न आह्वान, राजनीतिक भेलालगायतका सबै भेला नहुन अनुरोध

Share to:

रासंसा/काठमाण्डौ, पौष २५,

मुलुकमा सरकारले राजनीतिक भेलालगायतका भिडभाडजन्य गतिविधि नगर्न आह्वान गरेको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले रातोपाटीलाई जानकारी दिइन् । कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरेर यो निर्णय भएको उनको भनाइ छ । गर्नै परेको खण्डमा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्न बैठकले अनुरोध गरेको छ । बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो । निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय बैठकले गरेको छ ।

Like