जेष्ठ नागरिक मिलन केन्द्रको अध्यक्षमा पुनः गिरी निर्वाचित

Share to:

************************************** अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार /****************************************जेष्ठ नागरिक मिलन केन्द्र ब्यास-३को १५ औं बार्षिक साधारणसभा एब्म् ५ औ अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ।
उक्त अधिवेशनमा संस्थाको अध्यक्षमा शालिग्राम गिरीले १०४ र प्रत्याशी उमेर राजकुमार श्रेष्ठले ६५ मत प्राप्त गरे।
उपाध्यक्षमा मैना देवि अधिकारी ,सचिवमा रामलाल श्रेष्ठ ,सदस्यहरुमा क्रमशः कर्णबहादुर जिसि,हरिश्चन्द्र वाग्ले ,बाबुराम पौडेल ,खेमबहादुर रानाभाट ,ईन्द्रप्रसाद वाग्ले र मधुमाया धिमिरे सर्वसहमत निर्वाचित भएका छन्। साथै समितिको कोषाध्यक्ष पदकालागि निर्वाचित कार्य समितिको पहिलो बैठकले मनोनीत गर्ने निर्वाचन समितिका संयोजक अधिवक्ता शिवराज काफ्लेले जानकारी दिए। केन्द्रको विधानमा उलेख भए अनुसार कार्य समितिले सहसचिव र दुई जना सदस्यहरु समितिको पहिलो बैठकले मनोनीत गर्ने छ।
जेष्ठ नागरिक मिलन केन्द्रको सभाकक्षमा बिहीबार आयोजना गरिएको उक्त अधिवेशनको उद्घाटन ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गरे। उद्घाटनका क्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले आम जेष्ठ नागरिकहरुलाई सबैले मिलेर सहयोग गर्नुपर्ने बताए । हामी जो कोही पनि बृद्धअबश्थामा पुगिने भएको हुदा बृद्धबृद्धहरुलाई सम्मान गर्नुपर्छ उनले भने।
जेष्ठ नागरिक मिलन केन्द्रका पुर्व सचिव ऋषिराम दुङ्गानाले शुभकामना मन्तब्यका क्रममा बोल्दै बृद्धहरुलाई नेपाल सरकारले दिने सेवा सुविधाहरु छिटोछरितो तरिकाले दिनुपर्ने बताए । बृद्धअवस्थामा रहेका बृद्धहरुलाई यातायातमा दिईने ५० प्रतिशत छुट सेवा नदिएको र सरोकारवाला निकायले कार्यनयन हुन जरुरी भएको पुर्व सचिव दुङ्गानाले बताए ।साथै दुङ्गानाले आगामी दिनहरुमा पनि विविध सहयोग आजीवन रहने बताए ।
विजुली महशुल तिर्न जाँदा लाईनमा बस्नुपर्ने ,अस्पतालमा लामो समय उभिएर जेष्ठ नागरिकले टिकट काट्नुपर्नै,खानेपानीको शुल्क तिर्दा समेत लामो समय उभिरहदा स्वास्थ्य समस्याका कारण विभिन्न समस्या भोग्न बाध्य हुनु दुखद् भएको जेष्ठ नागरिक मिलन केन्द्रका सदस्य बाबुराम पौडेलले बताए ।

बृद्धअबश्थाका बृद्धबृद्धहरु दिवा सेवामा भजन कृर्तन गाउने,सत्सघमा सहभागी रहने, धार्मिक पुस्तक पढ्ने र समयसमयमा विभिन्न धार्मिक एब्म् ऐतिहासिक तिर्थ स्थलहरुमा वार्षिकरुपमा अवलोकन भ्रमण गरिदै आएको बताए । दिवा सेवाका अवसरमा चिया विस्कुट र फलफूल दैनिक दिने ब्यवस्था गरिएको जानकारी अध्यक्ष गिरीले दिए।
कार्यक्रमको संचालन जेष्ठ नागरिक मिलन केन्द्रका सचिव गोविन्द गिरीले गरेका थिए भने उक्त कार्यक्रममा कुल ४ सय३२ जना जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।
शुभकामना मन्तब्यका क्रममा ब्यासका अध्येता काशीनाथ न्यौपाने ,जेष्ठ नागरिक मिलन केन्द्रका संस्थापक अध्यक्ष देवनिधि पन्थ, जेष्ठ नागरिक मिलन केन्द्रका निवर्तमान सहसचिव रामलाल श्रेष्ठ ,ब्यास क्षेत्र शिवपंचायन विकास कोषका उपाध्यक्ष प्रेमप्रकाश भट्टराई ,महिला विकास शाखाकि निरीक्षक राधा वाग्ले लगाएतका बक्ताले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए।

Like