तीन कम्पनीमा सकारात्मक सर्किट, ४ अर्बमाथिको कारोबार

Share to:

रासंसा/काठमाण्डौ, पौष २०,

मुलुकमा यो साता नेप्से परिसूचक निरन्तर उकालोतिर लागेको छ। मंगलबार नेप्से ६३ अंकले बढेर २६ सय ७९. ९५ विन्दुमा बन्द भयो। यसअघि आइतबार ६० र सोमबार ३२ अंक बढीले नेप्से बढेको थियो। नेप्से बढ्नेक्रम मंगलबार पनि जारी रह्यो। शप्तकोशी डेभलपमेन्टको १० प्रतिशत, श्री इन्भेस्टमेन्ट फाइनान्सको १० प्रतिशत र मध्य भोटेकोशी जलविद्युत कम्पनीको ९.९९ प्रतिशतले मूल्य बढेको हो। यस्तै कारोबार रकमका आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको १४ करोड ७७ लाख बढी मूल्यमा सेयर कारोबार भयो। यसदिन तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। शप्तकोशी डेभलपमेन्ट, श्री इन्भेस्टमेन्ट फाइनान्स र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसदिन उत्पादनको ०.५९ र अन्य समूह ०.३४ प्रतिशतले परिसूचक घटेको हो। यसदिन २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता सेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२८ रुपैयाँमा खरिदबिक्री भयो। मंगलबार कारोबारमा आएका १३ समूहको मध्ये ११ समूहको परिसूचक बढेको छ। विकास बैंकको सर्वाधिक ५.२३ प्रतिशतले सेयर बढेको हो। यस्तै लगानी समूहको ३.१४, वित्तको ३.७१,जलविद्युतको ३.११ र बैंकिङ समूहको ३.६१ प्रतिशतले मूल्य बढेको छ।

Like