पार्टीमा रुपान्तरण आबश्यक भएको हुदा उमेदवारी नदिएको- बरिस्ठ नेता पौडेल
************************************** अन्जनराज न्यौपाने / गण्डकी प्रदेश / राजनैतिक समाचार तनहुँ । *************************************** ४६ औ राष्ट्रिय मेलमिलाप दिवस एब्म् नव निर्वाचित जिल्ला कार्य समितिको पदस्थापना समारोह नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको आयोजनामा सम्पन्न भएको छ।
कार्यक्रम का प्रमुख अतिथि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुभकामना मन्तबयका क्रममा बोल्दै
रुपान्तरणको अभियान आबश्यक महशुस देखेपछि पार्टीमा
मेरो उमेदवारी नदिएको र सामुदायिक सल्लाह गरि सुधार ल्याउन प्रतिस्पर्धा बाट बाहिर आएको बताए । सभापति शेरबहादुर देउवा भए पनि आफु अति खुसी भएको बताउदै कहाँ पोखियो धिउ दुनामा भने झै हाम्रो आन्तरिक पार्टी चुनाव हो कोही कसैले यश विषयलाई चिन्ता लिन छाडौ अवकसरी पार्टीलाई एकता र मजबुत गराउन वडा,नगर जिल्ला ,प्रदेश र केन्द्रमा सबै पक्ष पार्टी मिलाउन क्रियाशील रहन अपिल गरे। वरिष्ठ नेता पौडेल भन्छन् म लडाइँ बाट भागने मान्छे होइन म पार्टीमा असहज परिस्थिति सृर्जना हुन थाले सगै परिमार्जनकालागि उमेदवारी नदिएको बताए । देशलाई सामाजिक न्याय चाहिएको छ,स्वतन्त्रता चाहिएको छ,अार्थिक उन्नति र युवाहरूलाई रोजगारी चाहिएको छ उनले भने। लोकतान्त्रिक नेतृत्व आजको अति आवश्य छ हामी जन्ताको सेवक बनौ परिणाम सत्य आउने छ। काँग्रेसलाई अन्तरघातबाट बचाउन सबै मिलेर अधिबड्नुपर्नै आग्रह गरे।
यसैगरी शुभकामना मन्तब्यका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली काँग्रेसका सबै तहका कार्यकर्ता हरु लोकतान्त्रिक पद्धतिबाट अगाडि बड्नुपर्ने ,विपिको विचार र राष्ट्रिय समाजवाद प्रति र पार्टीको बिधान अनुसार निरन्तर लागिरहनुपर्ने बताए । पुर्व मन्त्री समेत रहेका भण्डारीले पार्टीमा सधै क्रियाशील भएर मेलमिलापको राजनीतिलाई अगाडि बडाउनुको विकल्प नरहेको बताए ।
तस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो शुभकामना मन्तब्यका क्रममा बोल्दै आगामी दिनहरुमा सबै मिलेर पार्टी संगठनलाई तीब्र गतिमा अगाडि बडाउन सबैले काँधमा काँधमा र हातमाहात राखेर अगाडि बड्नुपर्छ उनले भने।
नेपाली काँग्रेसका अर्का प्रभावशाली नेता धुर्व वाग्लेले नेपाली काँग्रेसले जनताको हितकालागि सधै लागिरहनुपर्नै बताए । पार्टीमा अनुशासन छैन,विचार राम्रो छ तर ब्यवहारमा नभ पार्टी अगाडि बड्न नसक्ने उनले बताए । कुनै पनि तह र तप्कामा रहेका जोकोही कार्यकर्ता र नेताहरु ,जिद्दी र धमण्ड र अहंकारले अगाडि बडन सकेका छैनन् भन्दै नयाँ निर्वाचित भए पनि पुराना कार्यकर्ता लाई सम्मान गर्नुपर्छ।
पार्टीको फोरममा उपस्थित भै ,छलफल ,विरोध गर्न सकिने तर चियापसमा मनगडन्ते पार्टी हितविपरीत कुरा नगर्न आग्रह गरे । जति कम्युनिस्ट बलिया भए देशमा संकट आउन थालेको आरोप लगाए।
आफ्नो गलती, कमीकमजोरीलाई नकेलाउने अनि अरुको कुरा काटेर समय बरबाद नपारौ पार्टी बनाउन लागौ केन्द्रीय सदस्य वाग्ले ले भने।