मोदीको नयाँ कार र सुरक्षाको दृष्टि

Share to:

एजेन्सी,

विश्वमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्केडमा मर्सिडिजको नयाँ कार सामेल भएको छ । प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजर गर्दै नयाँ कार लिइएको बताइएको छ । उक्त कारको मोडल मर्सिडिज मेब्याक एस ६५० रहेको छ । यस कारको कयौँ शानदार र हाइटेक फिचरहरू रहेका छन् । सबैभन्दा रोचक कुरा यस कारलाई गोली र बमले पनि असर गर्दैन । हालै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत यात्राका दौरान प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ कार पहिलो पटक देखिएको थियो । गाडीको ढोकामा पोलिकार्बोनेटको एक पत्र राखिएको हुन्छ यसले थप सुरक्षा प्रदान गर्ने बताइएको छ । ग्यास हमला हुँदा क्याबिन अलग अक्सिजनको सप्लाई दिने सुविधा पनि यस कारमा रहेको छ । यो गाडी टायर पड्किँदासमेत सजिलै कुद्न सक्छ । टायर क्षतिग्रस्त हुँदा पनि यो तीव्र गतिमा कुद्न सक्ने भनिएको छ । यस कारमा उच्च स्तरको सुरक्षा दिइएको छ । कारको सिसा र बडी यति मजबुत छ कि यसमा एके–४७ जस्ता राइफलको गोलीले पनि असर पुर्‍याउन सक्दैन । कारले एक्सप्लोसिफ रेसिस्टेन्ट भेहिकल (ईआरभी) २०१० रेटिङ पाएको छ । यस कारमा बसेका व्यक्ति २ मिटर टाढासम्म १५ किलोग्रामसम्मको टीएनटी विस्फोट हुँदा पनि सुरक्षित हुन्छन् । कारको तेल भण्डारमा एक विशेष किसिमको तत्त्वले बनेको हुन्छ । जसले त्यसमा गोली लागेपनि आफै टालिन्छ । यो प्रविधि बोइङ एएच–६४ र एपाचे हेलिकप्टरमा प्रयोग हुन्छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *