एकै परिवारका ४ जनाको मृत्यु, तीन जना घाइते, नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निसास्सिएर मृत्यु भएको हो
रासंसा/बाँके, पौष १५,
मुलुकमा नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । अस्पतालको क्वार्टरमा बस्दै आएका उनीहरु कोइला बालेर एउटै कोठामा सुतेका थिए । आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए । उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा कोइला बालेको पाइएको छ । निसास्सिएर घाइते भएका ३ जनाको उपचार भईरहेको छ । मृत्यु हुनेमा कालीकोटको खाडाचक्रका धनप्रसाद भट्टराई, उनकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र भट्टराइका तीन महीनाका छोरा इप्सन रहेका छन् । धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ ।