सेवाभावकासाथ पार्टी गतिविधि जनता समक्ष लैजानुपर्छः बिजुक्छेँ
रासंसा/काठमाण्डौ, पौष २,
हिजो बिहीबारदेखि सुरु भएको पार्टीको ३२औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको तर्क गरेका छन्। बिजुक्छेँ (रोहित)ले पार्टीका गतिविधिलाई जनताबीच अझ बढी सेवाभावका साथ सक्रियरूपमा लैजान निर्देशन दिएका छन् । बैठकमा कोभिडले निम्त्याएका समस्याका साथै पार्टीको नौ महिनाका गतिविधिको पनि समिक्षा भएको उनले जानकारी दिए। पार्टीको केन्द्रीय परिषद् बैठक पुस २ र ३ गतेसम्म सञ्चालन हुनेछ। बैठकमा एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण भएको बैठकमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए।
Like