ट्यूशनदेखि परीक्षा शुल्कसम्म छुट, ब्रिटिस कलेजको नयाँ छात्रवृत्ति कार्यक्रम
रासंसा/काठमाण्डौ, पौष २,
ओहाय परिवारद्वारा प्रदान गरिने यो फेलोसिप ब्रिटिश कलेजमा विश्वव्यापी शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पविपन्न विद्यार्थीहरूलाई मद्दत गर्ने विशेष उद्देश्यका साथ योग्य स्नातक आवेदकहरूका लागि तयार गरिएको कलेजले जनाएको छ । ओहाय परिवारले कलेजले उपलब्ध गराउने अन्तर्राष्ट्रिय स्तरको शिक्षा सबै पृष्ठभूमिका विद्यार्थीहरूको पहुँचमा पुगोस् भन्ने उदेश्यले यो फेलोसिप उपलब्ध गराउन लागेको हो । ब्रिटिश एक्रिडेसन काउन्सिल (बीएसी) बाट मान्यताप्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) ले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसिटी छात्रवृत्ति (२०२२)’ उपलब्ध घोषणा गरेको छ । यो छात्रवृत्ति एक जना नयाँ विद्यार्थीलाई उपलब्ध गराइने र पूर्ण ट्युसन, विश्वविद्यालय दर्ता र पढाइ अवधिभर परीक्षा शुल्कहरू तिर्नुनपर्ने कलेजले जानकारी दिएको छ । स्नातक तहका कोर्सहरू बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ, बिएस्सी (हन्स) बिजनेश हस्पिटालिटी एण्ड म्यानेजमेन्ट) र ब्राण्ड न्यू कोर्स बीएस्सी (हन्स) साइबर सेक्युरिटी, डिजिटल फरेन्सिक्सका लागि विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । छात्रवृत्तिमा अध्ययन गर्नका लागि आफु सक्षम रहेकोबारे जानकारी विद्यार्थीहरूले https://bit.ly/3lkE03d लिंकमार्फत दिन सक्नेछन् । २५ डिसेम्बर, २०२१ सम्म आवेदन दिइसक्नुपर्नेछ ।