राजनीतिबाट पनि बाहिरिन सक्ने मन्त्री पदबाट राजीनामा दिदै मीनेन्द्रले भने

Share to:

रासंसा, पाैष १,

नेपाली काँग्रेस नेता मिनेन्द्र रिजालले सक्रिय राजनीति बाटै सन्यास लिन सक्ने संकेत गरेका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका हुन् । उनले प्रतिनिधिसभाको कार्यकाल रहँदासम्म सरकारलाई प्रतिनिधिसभा सदस्यको हैसियतले सहयोग गरिरहने पनि बताए । रिजालले महाधिवेशनमा पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त संकुचित भएकाले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । महामन्त्रीमा पराजित उनले यही कुरालाई हृदयङ्गम गर्दा मन्त्री पदमा बसिरहनु नैतिक रुपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ । ‘मैले संकेत गरेको होइन, सम्भावना त छँदै छैन पनि भनेको होइन’, उनले भने, ‘म त्यो निर्णयमा पुगेको छैन । तर एउटा कुरा त के भने गम्भीर रुपमा सोच्छु । सोच्दा फेरि कुन निर्णयमा पुग्छु त्यो जानकारी तपाईँहरूलाई दिन्छु ।’
उनले सार्वजानिक पदमा रहने भएपनि राजनीतिभित्र वा बाहिर कहाँ रहने भन्नेबारे निर्णयमा छिट्टै पुग्ने उनको भनाइ छ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *