अन्य थपदेशप्रदेश-३ [बागमती]राजनीतिसमाचारस्पेसलहेडलाइन

अब ‘भागशान्ति’ गर्न जाने होइन, शेखरलाई गगन थापाको सुझाव

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २९,

डा. कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले डा. कोइरालातर्फ लक्षित गर्दै आफूले पाएको मतको आधारमा पार्टीभित्र एक जना साथीलाई पनि यो वा त्यो बहानामा अन्याय गर्न पाइँदैन भनेर आवाज उठाउन सुझाव दिए । ‘पार्टीभित्र थिति बस्यो भने त्यो भाग आफै आउँछ,’ उनले भने, ‘हामी पार्टी सभापतिलाई सम्पूर्ण रुपमा सहयोग गर्छौं ।’ नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले सभापति पदमा पराजित भएका डा. शेखर कोइरालालाई पार्टीमा ‘भागशान्ति’ नखोज्न सुझाव दिएका छन् । सभापति पदमा डा. कोइरालाले ४० प्रतिशत मत ल्याएको भए पनि त्यो मतको आधारमा भागबण्डा नखोज्न उनले सुझाव दिएका हुन् । उनले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई पनि अब गुटको सभापति होइन, सिंगो काँग्रेसको सभापति बन्न सुझाव दिए । उनले अब बालुवाटार र बूढानीलकण्ठमा गुटको बैठक बस्नेछैन भन्ने अपेक्षा आफूले गरेको बताए । उनले भने, ‘पार्टी सभापतिको गुट हुनुहुन्न । डा. शेखरको नेतृत्वमा हामीले सभापतिलाई गुटभन्दा माथि उठ्न दबाब सिर्जना गर्ने हो ।’

Like