१२ सय मतपत्र गन्दा धनराजको अग्रता, उपसभापतिको मतगणना जारी
रासंसा/ललितपुर, मार्ग २९,
मुलुकमा नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् । हालसम्म १२०० मतपत्र गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ४५४ मत, पूर्णबहादुर खड्काले ५०१ मत, चन्द्र भण्डरीले ४७२ मत र धनराज गुरुङले ५४३ मत प्राप्त गरेका छन् । त्यस्तै दिव्यश्वरी शाहले ३७, सुजाता कोइरालाले १३८ र महेश आचार्य १३३ मत प्राप्त गरेका छन् । एउटा मतपत्रमा दुई भोट हुन्छ ।