नेपालसँग अझै ६५ लाख मात्रा खोप स्टक, अझ थप १५ लाख मोडर्ना खोप काठमाडौं आइपुग्यो

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २४,

मुलुकमा नेपालमा कोरोनाविरुद्धको १५ लाख मात्रा मोडर्ना खोप आइपुगेको छ । बिहीबार दिउँसो ३ बजे कोभ्याक्स सुविधामार्फत १४ लाख ९७ हजार ६ सय मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । यस्तै थप १९ लाख ६५ हजार ६ सय मात्रा मोडर्ना खोप गाभी र कोभ्याक्स सुविधामार्फत आउँदो आइतबार आउने उनले बताए । यसअघि पनि एक लाख ८८ हजार मात्रा मोडर्ना खोप आइसकेको उनको भनाइ छ । यस्तै, हिजो कोभ्यास सुविधामार्फत नै कोभिशिल्ड खोप ६ लाख मात्रा आइपुगेको उनको भनाइ छ । नेपालमा हालसम्म दुई करोड ९४ लाख ५६ हजार ५ सय मात्रा खोप आइपुगेको छ । यस्तै केन्द्र र प्रदेश गरी देशभर ६५ लाख मात्रा कोभिशिल्ड, भेरोसेल र मोडर्ना खोप स्टक रहेको समेत थापाले बताए ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *