कर्नरको ब्राण्ड एम्बेस्डर उपासना एजुकेसन एण्ड माइग्रेसन

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २४,

काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रमबीच सस्थाका कम्प्लाइन्स म्यानेजर नबराज प्रसाईले यूबा पुस्ता माझ उपासनाको क्रेज र बिद्यार्थी माझ संस्थाको ’boutमा उपासनाले गरेको सकारात्मक प्रवाहका कारणले उनलाई पुनः ब्राण्ड एम्बस्डरको रूपमा नियुक्त गरिएको जानकारी दिए । एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड ऐम्बेस्डरमा अभिनेत्री उपासना सिंह ठकुरी नियुक्त भएकी छन् । युवा पुस्ताकी चर्चित यि अभिनेत्रीलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरले यस अघि पनि एक बर्षका लागि आफ्नो सस्थाको ब्राण्ड एम्बेस्डरमा नियु्क्त गरेको थियो भने यो पटक सिंहलाई पुनः नियुक्त गरेको हो । पत्रकार सम्मेलनमा सस्थाका ब्यवस्थापक संयोजक ईश्वरराज मैनालीले एजुकेशन एण्ड माइग्रेसन कर्नरलाई अभिनेत्री उपासना सिंह ठकुरीको आबद्दताले उचाई प्रदान गरेकोमा प्रसन्नता ब्यक्त गरे । अभिनेत्री उपासना सिंहले आफूलाई बिश्वास गरेर सस्थाले पुनः ब्राण्ड एम्बस्डरको रूपमा नियुक्त गरेकोमा खुशी ब्यक्त गरिन ‘ सस्थाले म माथि गरेको बिश्वासलाई म डगमगाउंन दिन्न ।’ उनले बिभिन्न देशमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने बिध्यार्थीहरूका लागि एजुकेसन एण्ड माइग्रेसन कर्नरलाई छान्न आग्रह समेत गरेकी छन । एजुकेसन एण्ड माइग्रेसन कर्नर अष्ट्रेलिया,सिड्नी निर्देशक सुनिल उप्रेतीले पछील्लो समय यूवा पुस्ताकी प्रिय अभिनेत्री उपासना सिंह ठकुरीको सस्थामा पुन आवद्धता बिध्यार्थीहरूकै माग र चाहनाको परिणाम भएको बताए । उनले अगाडि भने -‘ आफूले पाएको जिम्मेवारी निभाउने मामिलामा सधैं अग्रसर हुने उपासनाको बानीले पनि उनलाई पुनः हामीले ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेका हौं ।’ यसैबीच सस्थाले बिध्यार्थीहरूका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।जानकारी दिइए अनुसार पौष ७ मा काठमाण्डौ,पौष ९ पोखरा,पौष ११ इटहरी ,पौष १२ दमक,पौष १३ बिर्तामोड,पौष २३ हेटौंडा,पौष २४.चितवन र पौष २५ गते बुटवलमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

Like