५ अर्ब ६७ करोड क्षतिपूर्ति दाबी, इच्छाराज तामाङविरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्र दायर

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १७,

मुलुकमा ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ विरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काे अनुसन्धानकाे आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २८४ पृष्ठ लामो अभियोगपत्रसहित तामाङ विरुद्ध मुद्दा दायर गरेको हो । ठगी मुद्दामा गत असोज १९ गते सीआईबीले तामाङलाई पक्राउ गरेको थियो । सिभिल ग्रुप अफ कम्पनी अन्तर्गतको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको अध्यक्ष रहेका तामाङ बाट निक्षेपकर्ताहरुलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ८२ पैसा मागदावी गरिएको छ ।

Like