लिग वानमा पहिलो गोल मेस्सीको
एजेन्सी,
खेलमा किलियन एम्बाप्पेले पीएसजीलाई खेलको सुरुवातमा नै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा गोलकिपर केलर नाभासले रातो कार्ड खाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो । यसको फाइदा उठाउँदै नान्टेसले बराबरी गोल फर्कायो । लियोनेल मेस्सीले लिग वानमा पहिलो गोल गर्दा १० खेलाडीमा सीमित बनेको पेरिस सेन्ट जर्मेनले नान्टेसलाई हराउँदै शीर्ष स्थानमा १३ अङ्कको बनाउन सफल भएको छ । मेस्सीले खेल सकिन तीन मिनेट बाँकी छँदा २० यार्ड टाढाबाट गोल गरेका हुन् । खेलको ८१ औँ मिनेटमा डेनिस अपियाले आत्मघाती गोल गरेपछि पीएसजीले पुनः अग्रता लियो भने मेस्सीले अन्त्यमा गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । १४ खेलमा १२ औँ जीत हासिल गर्दै पीएसजीले ३७ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ ।
Like