६० बर्षिया बृद्धको दुङ्गाले हानेर हत्या
६० बर्षिया बृद्धको दुङ्गाले टाउकोमा हानेर एक युवकले हत्या गरेका छन।
जिल्ला स्थित ब्यास-६ बुडाको चौतरा भन्ने स्थानमा विगत दुई बर्ष देखि पौवामा वेवारिसे अवस्थामा वस्दै आएकि जिल्ला गोर्खा पालुङ टार -७ सतिघाट स्थायी घर भएकि मनिना कुमाललाई ब्यास-६ ऐक्ले गाउँ बस्ने बर्ष-१९ को महेन्द्र कुमालले हात समातेर जोरजुलम गर्न खोज्दा चिच्याएपछि चुपलाग तलाई नत्र मार्छु भनेपनि उनी नमानेर हारगुहार गर्दै कराउदा लडाएर ढुङ्गाले लगातार २/३ पटक बृद्धलाई प्रतिवादी महेन्द्र कुमालले नजिकै रहेको ढुङ्गाले
टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख दिनेशराज मैनालीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त घटनाघटाउने अभियुक्त महेन्द्र कुमाललाई सार्वजनिक गरेको हो ।
छिमेकीको घरमम नाँचगान गरि दुई गिलास मदिरा सेवन गरे पश्चात् घर फर्कने क्रममा सो घटना गत कार्तिक ३० गते राति ११:३० वजे भएको थियोे ।
अत्यधिक मदिरा सेवनका कारण कुमालले उतेजित भएर बृद्धको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। घटनाको गम्भीर अध्यान अनुसन्धान गर्दा निजले घटना घटाएर आफ्नो घरमा गई सुतेको र उसले लगाएको चुच्चे टोपी घटनास्थलमै छाडेर गएका थिए।
निजलाई केरकार गरि अनुशासन गर्दा प्रतिवादी महेन्द्रकुमालले आफुल नै घटना घटाएको स्विकारेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख मैनालीले जानकारी दिए।