कर्मचारीले समाजवादबारे जान्न अतिआवश्यक छ : अर्थमन्त्री
रासंसा/ काठमाण्डौ, कार्तिक २८,
मलुकमा राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको आइतबार उद्घाटन गर्दै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र कसरी हुन्छ भन्नेबारे कर्मचारीले जान्नुपर्ने बताउनुभयो ।अर्थमन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका बारे कर्मचारीले जान्नुपर्ने बताउनुभएको छ । कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने बताउनुभयो । प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिकसमेत बढाउन भन्दै उहाँँले परम्परागत कार्यसम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि कर्मचारी पनि जिम्मेवार रहेको बताउनुभयो । उहाँले समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्ने र व्यक्तिको कमाईका आधारमा कर सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो ।