किरियाथलोबाटै अध्यक्षपदकालागि सबैलाई भोटदिन अपिल

Share to:

Rs online news daily . अन्जनराज न्यौपाने / गण्डकी प्रदेश तनहुँ /२६ गते तनहुँ………………………………………………………………….. गण्डकी प्रदेशमै चर्चित विद्यालय सत्यवती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति को चुनाव यही कात्तिक २७ गते हुने भएको छ । अध्यक्ष पदका प्रत्यासी उम्मेदवार सुरेश वाग्लेका पिता समाजसेवी, नेपाली काँग्रेसका नेता रविचन्द्र वाग्लेको असामहिक निधनले किरियामा वसेका उमेदवार सुरेश वाग्लेले किरिया थलो बाटै आफुलाई अध्यक्ष पदमा अमुल्य भोट दिई विजय गराई दिन विभिन्न संचार माध्यम ,विधालयका शिक्षकवर्ग र अभिभावक सग जोडदार अपिल गरेका छन। उनले पुजनिय पिता रविचन्द्रको यही कार्तिक २३ गते भएको अकल्पनीय दुखद् निधनकाकारण आफूले चुनाव प्रचारप्रसारमा सहभागी हुन नपाएको प्रति दुःख व्यक्त गरे। ब्यास्-२ स्थित ग्रिन सिटी टोलका अध्यक्ष र नेपाल खेलाडी प्रशिक्षक सघका जिल्ला सचिव समेत रहेका वाग्ले नेपाली काँग्रेसको भातृ संगठन नेपाल विधार्थीसघ ,नेपाल तरुण दल लगाएत दर्जनौं सामाजिक संघ संस्थामा आवद्ध रहेका छन। उनले आफूले शिक्षक, अभिवावक र विद्यार्थीहरुलाई प्रत्यक्षरुपमा भेटिसकेको र उनीहरूलाई चुनावमा भोट मागिसकेको बताए । आफूलाई सबै साथीहरुको अमुल्य मत प्राप्तगरि विजय हुनेमा विश्वस्त रहेको बताउदै सबैलाई मतदान गरिदिन अपिल गरे।

Like