माधव नेपालको पार्टीमा प्रवेश गर्ने रामचन्द्र झाले छोडे माओवादी पार्टी
रासंसा/काठमाण्डौ, कार्त्तिक २४,
मलुकमा राजनेताहरु एक पार्माटीबाट अर्ओको पार्वाटीमा पोइला जाने प्दीरवृति बढेको छ l यस्तै नेकपा माओबादी केन्द्रका नेता रामचन्द्र झाले सो पार्टी छोडेका छन् । झा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा रहेको उनी निकट र समाजवादीका नेताहरुले दावी गरेका छन् । नेता झा एमाले, नयाँ शक्ति हुदै माओवादी केन्द्रमा पुगेका थिए । झाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग सल्लाह गरेरै पार्टी छोडेको माओवादी नेताहरुले बताएका छन् । एमालेको छैठौं महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्य भएका झा जनकपुरमा भएको सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य हँुदै आठौं महाधिवेशनपछि एमाले पोलिटब्युरो सदस्य भएका थिए । ‘नेता झा एक साताअघि पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा आएर अध्यक्षलगायतका नेताहरुसँग हात मिलाएर छुटेका हुन्’, माओवादी कार्यालय स्रोतले भन्यो, ‘कुनै असन्तुष्टि भएर पार्टी छोड्नु भएको होइन ।’ माओवादीले सहमतिमै झाले पार्टी छोडेको बताएपनि उनी माओवादीले स्थायी कमिटी सदस्य नबनाएकोमा असन्तुष्ट रहेका थिए । पार्टी परित्यागबारे नेता झासँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।