गलामा फित्ता बाँधेर श्रीमतीले श्रीमानलाई घुमाइन्, ट्रोल भएपछि दिइन् यस्तो स्पष्टिकरण

Share to:

एजेन्सी,

‘डेली स्टार’ को रिपोर्ट अनुसार महिलाको नाम लुआना कजाकी र उनका श्रीमानको नाम आर्थर ओउर्सो हो । यी दुईलाई ब्राजिलको एक भीडभाडयुक्त रेलवे स्टेशन र सडकमा फोटो खिचाइरहेको देखिए । फोटोमा देखिए अनुसार लुआनाले आफ्ना श्रीमान् आर्थरलाई कुकुरलाई झैं व्यवहार गरिरहेकी छिन् ।ब्राजिलकी एक महिलाले आफ्ना श्रीमानलाई कुकुरलाई झैं सडकमा घुमाइरहेको देखिइन् । यस्तो गरिरहेको तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि मानिसहरु चकित परे । महिलाले आफ्ना श्रीमानको घाँटीमा एउटा चेन लगाएकी थिइन् । यस्तो गर्नुको पछाडि उनले जे कारण दिइन् त्यो निकै रोचक छ । आर्थरको घाँटीमा एउटा चेन थियो जसलाई लुआनाले समातिरहेकी थिइन् । उनले आफ्ना श्रीमानलाई चेनको सहारामा घुमाइरहेकी थिइन् । आर्थरको अनुहारमा एउटा मुखौटा थियो । लुआना कजाकीका अनुसार उनीहरुले आफूबीच ‘प्रेम र रोमान्स’ बढाउनका लागि यस्तो गरेका थिए ।

Like