सुरविना अब ‘काँडेतार’ मा

Share to:
रासंसा/काठमाण्डौ, आश्विन ११, sharethis sharing button
चलचित्र जगतमा ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी हुन् सुरविना कार्की । पहिलो फिल्मबाटै बोल्ड अभिनेत्रीको छवि बनाउन सफल उनले त्यसपछि करिब आधा दर्जन फिल्ममा अभिनय गरिन् । तर कुनै पनि फिल्मले उनको करियर माथि उठाउन सकेन ।

नेपाली फिल्ममा आफुले सोचेजस्तो सफलता हात पार्न नसकेपछि बलिउड छिर्ने भन्दै भारत समेत केही वर्ष बसिन् उनी । तर बलिउड छिर्ने सपना पनि उनको पूरा हुन सकेन । कोरोना महामारीको समय फेरि नेपाल फर्किएकी उनले लकडाउनको समय ‘के माया लाग्छ र ?’ बोलको गीत अभिनय गरिन् । उक्त गीतबाट फेरि एकपटक चर्चामा छाएकी कार्की अहिले भने निर्माणधिन फिल्म ‘काँडेतार’ मा अनुबन्धित भएकी छन् ।

निर्देशक खड्काको समेत मुख्य अभिनय रहने फिल्म खड्काले शंकर कार्कीसँग मिलेर बनाउन लागेका हुन् । तिहारपछि छायांँकनमा निस्कने फिल्मले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय कथाको रुपमा उठाएको छ ।



अभिनेता तथा निर्देशक नवल खड्काले फिल्मका लागि उनलाई अनुबन्धित गरेका हुन् । फिल्मको मुख्य भूमिका लागि यस अगाडि अभिनेता गौरव पहारी, रेविका गुरुङ, रविन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की महेश गिरी लगायत छानिएका छन् ।



 





Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *