जनकपुरधाममा बिधिअनुसार रावण वध गरियो

Share to:
रासंसा /धनुषा,आश्विन २९, 

मुलुकमा विजयादशमीको अवसरमा जनकपुरधाममा करिब एक दशकदेखि हुँदै आएको रावण वध कार्यक्रम यस वर्ष पनि धूमधाम साथ सम्पन्न गरिएको छ । भगवान् रामको ससुराली मानिने जनकपुरधाममा मेला भर्न यस वर्ष विभिन्न स्थानबाट सर्वसाधारणहरूको घुइँचो लागेको थियो ।

१४ वर्षे वनवासपछि रावणसँग युद्धमा भगवान् रामले आफ्नी श्रीमती सीतालाई रावणको कब्जाबाट मुक्त गर्न सफल भएका थिए । सोको खुसीयालीमा जनकपुरधाममा विजयादशमीको दिन रावण वधका लागि विशेष कार्यक्रमको आयोजना  हुँदै आएको छ ।

 

जनकपुरधामस्थित धनुषसागर र गंगासागरको तलाउ बीचमा रहेको डिलमा ५२ फिटको बनाइएको रावणको प्रतिमा निर्माण गरी धनुषवाणले रावणको वध गरि दहन गर्ने गरिएको हो । यस वर्ष राम मन्दिरका पुजारी राम गिरीले रावण वध गरेका हुन् ।

 

Like