स्वतन्त्र पत्रकार संघ नेपाल उपत्यका जिल्ला शाखाको प्रमुख चाडपर्वको शुभकामना तथा जलपान समारोह सम्पन्न

Share to:

रासंसा/काठमाडौं , आश्विन २३,

स्वतन्त्र पत्रकार संघ काठमाडौं, ललितपुर र भक्तपुरले शनिबार राजधानीमा संयुक्त रुपमा विज्यादस्हमी, शुभ दीपावली, शुभ छैठ २०७८, भिन्तुना तथा नेपाल सम्बत ११४२ एवं ल्होसार पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम स्वतन्त्र पत्रकार काठमाण्डौशाखाका अध्यक्ष पुस्कर राज पाण्डेको सभापतित्वमा र स्वतन्त्र पत्रकार संघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष, राष्ट्र संरक्षण डट कम का अध्यक्ष एवं राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक  के. बि.  सम्राटको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

विशेष अतिथिहरुमा स्वतन्त्र पत्रकार संघ नेपालका काठमाण्डौ जिल्ला शाखा निवर्तमान अध्यक्ष एवं रास्ट्रीय पार्सद तथा राष्ट्रिय नागरिक विकास समाजका अध्यक्ष सामाजिक अभियन्ता महेश विक्रम कुँवर, पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रिय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकाली, स्थानीय नागरिक सरोकार मंचका अध्यक्ष रुद्र कुमार जोशी, लुम्बिनी फाउन्देशनका अध्यक्ष सिद्दार्थ गौतम, व्यक्ति एक प्रतिभा अनेक एवं स्वतन्त्र पत्रकार संघ नेपालका भक्तपुर शाखा निवर्तमान अध्यक्ष एवं राष्ट्रिय पार्सद डा. इन्दुल केसीको अतिथ्यता थियो । कार्यक्रममा तिनै जिल्लाका पदाधिकारी तथा शुभचिन्तकहरुको उपस्थिति थियो ।

प्रमुख अतिथिको आशनबाट वरिष्ठ उपाध्यक्ष सम्राटले  पत्रकारहरुले स्वतन्त्र रुपमा जनतामा सुचुचित समाचार निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा    जोड दिनुभयो । पत्रकार स्वतन्त्र नरहे समाज पनि स्वतन्त्र नरहने भन्दै स्वतन्त्र पत्रकारिताको वकालत गर्नुभयो। पत्रकारहरु राजनीति पार्टीहरुको भात्री संगठनको रुपमा मुखपत्र बन्ने र पार्टीगत रुपमा कार्यकर्ता भए गरेको हुनाले पत्रकार बन्नु त स्वतन्त्र स्वतन्त्र बन्नु स्वतन्त्र नै हो  पत्रकार भन्नु नाराकासाथ २०६८ सालमा संस्थापक कृष्ण प्रसाद बास्तोलालेन जिल्ला प्रसाशन कार्यालय कास्की पोखरामा स्थापना गरेको संस्था हो भन्दै यसको शाखा बिस्तार क्रमश: जिल्ला जिल्लामा हुदै गरेको र सबै जिल्लामा आगामी वर्षहरुमा विस्तार हुने हामि सबैको जिम्मेवारी थपिएको बोध गराउनुभयो । स्वतन्त्र पत्रकार संघ नेपाल आगामी महाधिवेशनबाट महासंघ बन्ने र महासंघले गर्ने कार्यहरु सम्पन्न गर्नेमा दुइ मत नरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका पदाधिकारीहरु लगायत पत्रकारहरु पार्टीका भात्री संगठनमा लाग्ने गरेको र स्वतन्त्र पत्रकारको आभाष नदिएकाले भोलिका दिनहरुमा नेपाल पत्रकार महासंघ नै स्वतन्त्र पत्रकार महासंघ हुने पनि बताउनुभयो ।

विशेष अतिथि व्यक्ति एक प्रतिभा अनेक एवं स्वतन्त्र पत्रकार संघ नेपालका भक्तपुर शाखा निवर्तमान अध्यक्ष तथा राष्ट्रिय पार्सद डा. इन्दुल केसीले स्वतन्त्र पत्रकार साच्चिकै स्वतन्त्र बनेर जनतामा स्वतन्त्रताको आभाष दिएर बिस्तार गर्न आग्रह गर्नुभयो । विशेष अतिथिकै आशनबाट  स्वतन्त्र पत्रकार संघ नेपालका काठमाण्डौ जिल्ला शाखा निवर्तमान अध्यक्ष एवं रास्ट्रीय पार्सद तथा राष्ट्रिय नागरिक विकास समाजका अध्यक्ष सामाजिक अभियन्ता महेश विक्रम कुँवरले स्वतन्त्र पत्रकारको नामै काफि छ तर स्वतन्त्रता रहन अन्य त्यस्ता सक्तिहरुले नदिएकोमा दुख ब्यक्त गर्नुभयो ।

शुभकामना मन्तब्य दिदै स्थानीय नागरिक मंचका अध्यक्ष रुद्र कुमार जोशीले जनतामा अन्याय भएको हेर्न र स्वतन्त्र पत्रकारिता नभएकाले स्वच्छ र स्वतन्त्र समाचार जनतामा सुशिचित नभएको बताउदै स्वतन्त्र पत्रकारलाई हामि नागरिकहरुले के सहयोग गर्नुपर्ने हो हामि सहयोग तयार रहने भन्नुभयो । ल्म्बिनी फाउन्देशंका अध्यक्ष सिद्दार्थ गौतमले स्वतन्त्र पत्रकार संघ नेपालले आजको कार्यक्रममा आमन्त्रण गरेकोमा खुशी ब्यक्त गर्दै भगवान बुद्दका उपदेशहरूको सदुपयोग गर्न अब स्वतन्त्र पत्रकार लागि पर्नेमा दुइ मत नरहेको बताउनुभयो ।

संघका भक्तपुर जिल्ला अध्यक्ष एवं रास्ट्रीय सदस्य कृष्ण किसिले स्वतन्त्र पत्रकारिता अब कसैले पनि चलाउन नसक्ने र देश र जनताका लागि स्वच्छ र स्वतन्त्र समाचार सुशुचित हुनेमा दुइ मत नरहेको बताउदै शुभकामाना ब्यक्त गर्नुभयो ।

यस्तै ललितपुर जिल्ला अध्यक्ष उपेश नौबागले शुभकामना मन्तब्यसाथ स्वागत मन्तब्य दिदै स्वतन्त्रको जिल्ला शाखा बिस्तार गरि संघलाई मजबुत बनाउन सबै शाखालाई आह्वांन गर्नुभयो ।


स्वतन्त्र पत्रकार संघ काठमाडौंका शाखाका अध्यक्ष एवं शुभकामना आदानप्रदान कार्यक्रमका सभापति पुष्करराज पाण्डेले थोपा थोपा मिले सागर बन्नेमा दुइमत नरहेको भन्दै अब स्वतन्त्र पत्रकारहरु सबै एक भइ जनतामा स्वतन्त्रताको कार्य गरेर देखाउने समय आइसकेको बताउदै स्वतन्त्र जनताको आँखामा नबिझाउने बन्ने छ खुलस्त पार्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको अन्त्यमा उपस्थित सबैमा जलपानको व्यवस्था गरिएको थियो ।

स्वतन्त्र पत्रकार संघ उपत्यका शाखाका सदस्य एवं राष्ट्रिय पार्सद प्रताप राणाले निकै सभ्य र भाब्यशाथ कार्यक्रम संचालन  सञ्चालन गर्नुभएको थियो ।

Like