उपेन्द्र यादव पक्षको आपत्ति सर्वोच्चमा रिटप्रति
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट गलत भएको ठहर गरेको छ । बैठकमा भएको छलफलबारे जानकारी दिँदै सो पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवले भने, ‘निर्वाचन आयोग संवैधानिक निकाय हो, इजलास गठन भएपछि अदालत सरह नै मानिन्छ, विवादको निरुपण गर्ने प्रकृयामा रहेकै बेला रिट दायर गर्न नमिल्ने हाम्रो निष्कर्ष हो ।’ शनिबार बसेको बैठकले निर्वाचन आयोगमा पार्टीको विवादबारे बहस विचाराधीन रहेका बेला त्यसलाई प्रभावित हुने गरी रिट दायर गर्न नहुने निष्कर्ष निकालेको हो । बैठकमा भएको छलफलबारे जानकारी दिँदै सो पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवले भने, ‘निर्वाचन आयोग संवैधानिक निकाय हो, इजलास गठन भएपछि अदालत सरह नै मानिन्छ, विवादको निरुपण गर्ने प्रकृयामा रहेकै बेला रिट दायर गर्न नमिल्ने हाम्रो निष्कर्ष हो ।’ बैठकमा संसदीय दलको बैठकले पारित गरेको दलको विधानको बारेमा पनि छलफल भएको छ । सो विधान कार्यकारिणी सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । विधान अगामी बैठकमा पुनः छलफल गरी पारित गरिनेछ । त्यहाँबाट पारित भएपछि पुनः संसदीय दलमा पठाउने र संसदीय दलको नेता चयन गरिनेछ । यो विषयमा आफुहरुले कानुन व्यवसायीसँग पनि सल्लाह गरेको उनले बताए । उनले भने, ‘उहाँहरुले पनि यही सल्लाह दिनुभयो कि निर्वाचन आयोगले अहिले कुनै निर्णय गरेको छैन, आदेश मात्र दिएको छ, निर्णय नआएको अवस्थामा त्यसको विरुद्धमा रिट दायर गर्न मिल्दैन’ नेता यादवले भने, ‘सर्वोच्च अदालतले निर्वाचन आयोगको प्रकृया रोक्न मिल्दैन ।’