ब्यासनगरपालिकाले गर्यो यस्तो निर्णय

Share to:
  • अन्जनराज न्यौपाने / गण्डकी प्रदेश / स्थानीय तह समाचार                                                                              तनहुँ ।

ब्यास नगरपालिकाले यस्तो गर्यो निणय :

१.निर्णय नम्बर
भारी वर्षाले नगरपालिका क्षेत्रभित्र ५५ घरलाई क्षति पुर्याएको छ कैंयौ वस्तुभाउ, कुला वाटाहरु क्षतिग्रस्त भएका छन।
छाब्दी खोलाको बुद्दसिंह मार्गमा पर्ने मोटरएवल पुल बगाएको छ।

निर्णय नम्बर २:
तत्काल पिडित परिवारलाई राहात दिने, अबरुद्द बाटाहरु खुलाउने, अन्य तत्काल मर्मत संहार गर्न सकिने खेत कुलाहरु, घरहरु मर्मत गराउने, छाब्दी खोलाको बुद्द सींह जाने पुलको वैकल्पिक व्यवस्था मिलाउने निर्णय गरेको छ।

३) व्यास नगरपालिका भित्र २०७८ वैशाख देिख यता १६९१ जनाको पि.सि.आर तथा एन्टिजेन परिक्षण गरिएको, ८७८ जना संक्रमित देखिनुभएको, २३ जनाको दुःखद मृत्यू भएको, ७९२ जना निको भइसक्नु भएको, ६३ जना उपचारकै क्रममा रहनु भएको समुदायीक आइसोलेसनमा ८३ जनाको उपचार गरिएको, हाल आइसोलेसनमा कुनै पनि संक्रमित नरहनुभएको स्वास्थ्य तथा जनसंख्या शाखाबाट वैठकमा जानकारी गराइएको छ भने सामुदायिक आइसोलेसनमा उपचारका क्रममा चिकित्सकीय सेवा पुर्याउनुहुने डा. सुरज घिमिरे लगायतका स्वास्थ्य कर्मीहरुलाई हार्दिक धन्यवाद ज्ञापन दिने निर्णय गरेको छ।

४) बैठकबाट देहाय बमोजिमका कार्यविधिहरु पारित भएका छन।

क) व्यास नगरपालिकाको स्थानीय राजश्व परामर्श समितिको कार्य सञ्चालन कार्यविधि, २०७८

ख) व्यास नगरपालिकाको वजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य सञ्चालन कार्यविधि, २०७८

ग) व्यास नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्य सञ्चालन कार्यविधि, २०७८

५) व्यास नगरपालिकामा हाल खरिद गरिएको २ थान ठुलो ट्रयाकटरलाई धान उत्पादनको पकेट क्षेत्रलाई सहयोग पुग्नेगरी सम्बन्धीत वडाहरुले अनुगमन गर्ने गरी किसानहरुलाई हस्तान्तरण गर्ने निर्णय भएको छ।

६) विद्यालय व्यवस्थापन समितिको तदर्थ समितिमा सम्बन्धीत विद्यालयको निवर्तमान अध्यक्षलाई अनिवार्य आमन्त्रीत सदस्यको रुपमा राख्ने निर्णय भएको छ भने नगर प्रमुखको संयोजकत्वमा स्थानीय सरकार संञ्चालन ऐन, २०७४ अनुसार आन्तरीक नियन्त्रण समिति गठन गर्ने निर्णय भएको ब्यास नगरपालिकाको कार्यालय दमौलीले जनाएको छ।

Like