प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत, विपक्षमा ८३ मत सांसद किसानले दिए देउवालाई मत ,सांसद खान राज्यमन्त्री बन्ने संभावना
अन्जनराज न्यौपाने / काठमाडौं ( राजनैतिक समाचार) प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्तगरेका छन्। देउवाका पक्षमा १६५ मत खसेको छ भने विपक्षमा ८३ मत परेको हो ।
उक्त निर्वाचनमा एक संसद तटस्थ रहेका थिए। प्रधानमन्त्री देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन। संविधानको धारा ७६को उपधारा ५ राखिएको गहन विषयमा चर्चा गर्नुहुँदै प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको नेपाली भूभागसहितको नक्सा छाप्ने र भूमि फिर्ता ल्याउने काममा सबै दलको साझा सहयोग रहेको बताए ।
त्यसकालागि आफू नेतृत्वको सरकारले पनि पहल गर्ने बताए ।प्रधानमन्त्री देउवाले अझै जनजाति, थारु, मधेसको मुद्दा सम्बोधनका लागि आफूले दलसँग छलफल गर्न तयार रहेको बताए ।
अहिले कोरोना महमारी कायमै रहेकाबेला बाढी पहिरोको प्रकोपले समस्या पारिरहेकाले सबैले मिलेर समस्याको समाधानमा लाग्नुपर्नेमा जोड दिए।
यसैगरी एकाएक चर्चामा आएका तनहुँका एमाले सांसद किसान श्रेष्ठले प्रधानमन्त्रीशेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । तेस्तै माधव नेपाल निकट सांसद कलिला खानले पनि विश्वासको मतका पक्षमा मतदान गरेकि छन् । तनहुँघर भए कि सांसद कलिला खानलाई यसपाली राज्यमन्त्रीको सम्भावना रहेको विशेष स्रोतले जनाएको छ।