ट्राफिक प्रहरीको सराहनीय कार्य,१ करोड बडी राज्श्व संकलन

Share to:
  • अन्जनराज न्यौपाने /गण्डकी प्रदेश समाचार/ २ गते शनिबार
  •                                                                    जिल्ला ट्राफिक प्रहरी कार्यालय   तनहुँले आर्थिक बर्ष को असार मसान्त सम्ममा १ करोड ३१लाख २३ हजार ५ सय रुपैयाँ  राजश्व संकलन गरेको छ। लकडाउनको समयअवधिमा पनि यति ठुलो मात्रामा राज्श्व संकलन गर्नु जिल्लाको ईतिहास मा प्रसंसनिय एब्म्  अनुकरणीय कार्य हो।
  •  जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख डोलेन्द्रबहादुर हमाल का अनुसार यसवर्ष सवारी दुर्घटनामा संलग्न सवारी साधनहरुमा ट्रक, ट्याक्टर ४८वटा टिप्पर ६ वटा बस५८वटा  माईक्रो ,१४वटा जीप ५३वटा  ट्याक्टर ३७  मोटरसाइकल  १ सय ६८ वटा सानो सवारी साधन ३ वटा ,अन्य दुईवटा गरी ३ सय ८९ वटा सवारी साधनहरु दुर्घटनामा परेको ट्राफिक  प्रहरी प्रमुख हमालले जानकारी दिए ।
  •          यसैगरी सवारी दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुमा  वि,स २०७७/०७८ को आ.ब मा ९० वटा सवारी दुर्घटनामा ३७ जना पुरूष,८ जना महिला, ३ जना वालक गरी ४८जनाको मृत्यु भएको उनले बताए । यसैगरी यश वर्ष
  • ५१ पुरुष ,१८ महिला६ बालक१ वालक गरि७६ जना घाइते भएका छन।
  • यसैगरी त्रिवर्षिय राजश्व कारबाही का विषयमा जानकारी गराउँदै ट्राफिक प्रमुख हमालले त्रिवर्षीय  राजश्वकारबाही गरे अन्तर्गत आर्थिक बर्ष २०७५/०७६ को  तथ्यांक अनुसार १ करोड ६४ लाख ९४हजार ५ सय रुपैयाँ  संकलन भएको थियो भने २०७६/०७७  मा १ करोड ३४ लाख ९१ हजार रुपैयाँ संकलन भएको थियो  ।
  • यसवर्ष असार मसान्त सम्ममा १ करोड ३१ लाख २३ हजार५ सय रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख हमालले  जानकारी दिए ।
  • बाक्लो सवारी चालक साँघुरो बाटो र अत्याधिक मादक पदार्थ सेवनका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरी प्रमुख डोलेन्द्रहादुर हमालले जानकारी दिए ।
  • सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा हरुमा ट्राफिक संकेतका बोर्डहरु स्थापना गरि पार्किङ स्थलहरू व्यवस्थापन गरिएको समेत जानकारी दिए। सवारी साधन चालकहरुले मादक पदार्थ सेवन गरेर सवारी चलाउन नहुने ,मोटरसाइकल चालकहरुले अनिवार्यरुपमा लाइसेन्स र विलबुक, हेलमेट अनिवार्य प्रयोग गर्नुपर्ने, सवारी साधन चलाउने ले मोबाइल प्रयोग गर्न नहुने,कोरोनाको संक्रमणको उच्च जोखिम लाई मध्यनजर गर्दै सवै सवारी साधन चालक हरुले अनिवार्यरुपमा माक्स र सेनिटाईजरको उचित प्रयोग गर्नुपर्ने विषयमा ट्राफिक प्रहरी प्रमुख हमालले जोड दिए।
  • हेलचेक्राइ गरेर सवारी साधन चलाउँदा र अत्याधिक ओभरस्पिडका कारण दुर्घटना हुने गरेको बताउँदै उनले सवारी साधन चालकले  गति सिमित  गर्नसके दुर्घटना कम हुने बताए ।
  • साँघुरो बाटो र मोडहरु धेरै भएका कारण पृथ्वी राजमार्गका अधिकांश स्थानहरुमा सवारी दुर्घटना हुने भएको हुँदा चालकहरुले उच्च सतर्कता अपनाउँदै सवारी साधन चलाउन समेत अपिल गरे ।
  • सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न समयमा विभिन्न खाले सचेतना कार्यक्रमहरु संचालन गर्दै आएको उनले जानकारी दिए ।
  • नियमित सवारी चेकजाँच गर्ने क्रममा सवारी साधन चालक हरु सँग लाईसन ,ब्लुबुक नभएको, सवारी साधन चलाउँदा माक्स नलगाई सवारीसाधन चलाउने ,मोटरसाइकल चालकले हेलमेट नलाउने,मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेहरू माथि तीव्ररुपमा कारबाही गरिने ट्राफिक प्रहरी प्रमुख डोलेन्द्रबहादुर हमालले जानकारी दिए।
Like