भारतको बजरंग सेनाको नेपाल राष्ट्रिय समिति अध्यक्षमा कुल बहादुर पाण्डे (के. बि.सम्राट) नियुक्ति
रासंसा / आषाढ १५, जनकपुर
भारतको बजरंग सेनाको नेपाल राष्ट्रिय समिति अध्यक्षमा कुल बहादुर पाण्डे (के. बि.सम्राट) लाई नियुक्ति गरिएको छ l सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपाल, पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक एवं अरनिको तेलिभिजका धार्मिक कार्यक्रमका संचालक के. बि. सम्राटलाई बजरंग सेनाले नियुक्ति गरेकोमा हार्दिक धन्यवाद दिएका छन् l

सेनाका सस्पथापक राष्ट्रिय अध्यक्ष रणवीर पतेरिया जी को हस्ताक्षरित नियुक्ति पत्रमा धर्म रक्षा, अखण्ड हिम्न्दु राष्ट्र निर्माण, जनसंख्या नियन्त्रणकानून, सन्त रक्षा, सन्त रक्षा राष्ट्र सेवा एवं मानव सेवाका लागि नियुक्ति गरिएको नियुक्ति पत्रमा उल्लेख गरिएको छ l पशुपति अन्नपुर्णा आश्रमका २ नम्बर प्रदेश संरक्षक एवं प्रेस समिति प्रमुख अन्तराष्ट्रिय धार्मिक अभियन्ता भोगेन्द्र लाल कर्ण अन्तराष्ट्रिय संयोजक पदमा नियुक्ति हुनुभएकोमा पनि उल्लेखित संस्थाहरुले हार्दिक बधाई तथा शुभकामना दिएका छन् l