लक डाउनमा खाना ख्वाउने तथा राहत दाता मेन्ज फाउण्डेशनका सञ्चालक मेनाज खान

Share to:

रासंसा, काठमाण्डाैं

काठमाण्डाैका मेनाज खान ठमेलका एक कफी साेपका सञ्चालक हुन् । उहांका पिता वरिष्ठ समाजसेवी हुनुहुन्छ । मेनाज खानले गत वर्षकाे पहिलाे चरणकाे विश्वव्यापी रूपमा फैलिएकाे काेभिड १९ काेराेना भाइरसका कारण मुलुकमा लक डाउनले समाजमा भएका श्रमजिवी तथा असहायहरूका लागि खाना तथा राहतका दाता बनेका खान दाेश्राे चरणकाे विश्वव्यापी रूपमा फैलिएकाे काेभिड १९ काेराेना भाइरसकाे विकराल अवस्थामा पनि निरन्तरताकासाथ त्यस्ता श्रमजिवी तथा असहायहरूका लागि खाना तथा राहत वितरण कार्य गर्दै अाउनु भएकाे छ । यतिमात्र हाेइन विभिन्न संघ संस्थाहरूका लागि पनि मास्क, पीपीइ अादि उपलब्ध गराएर संघ संस्थाका पनि दाता बन्नुभएकाे छ । गत पहिलाे चरणकाे विश्वव्यापी रूपमा फैलिएकाे काेभिड १९ काेराेना कहरमा मात्रै दीन दुःखीहरूलाइ सहयाेग गर्दा ५० लाखसम्म खर्च भएकाे बताउनुहुन्छ । हालसम्मै निरन्तर खाना तथा राहत वितरण गर्दै अाउनुभएका खान दीन दुःखीलाइ यसरी खाना तथा राहत वितरण गर्दा अर्कै अानन्द र सुख प्राप्ती भएकाे अनुभुित बताउनुहुन्छ । दिनै खाना बाड्ने र प्रत्येक शुक्रबार राहत बाढ्दै अाउनुभएका खान राेजाकाे दिनमात्र राहतमा पहिले १० केजीका दरले त्यसमा चाहिने दाल, नुन, तेल व्यवस्था गर्दा राहतदाताले साे राहत सामग्री लगी बेचेर रक्सीजन्य वस्तु खाने गरेकाे पाइएपछि अहिले ३ केजी चामल र त्यसलाइ चाहिने दाल, एक प्याकेट नून, एक प्याकेट अाधा लिटरकाे तेल वितरण गर्ने गरेकाे उहां बताउनुहुन्छ । जहिलेसम्म लकडाउन हुन्छ तहिलेसम्म याे क्रम जारी राख्ने पिन उहां बताउनुहुन्छ । अहिले त सहयाेगी हातहरू थपिएका छन् । थपिएका सहयाेगी हातहरूलाइ धेरै धेरै धन्यवाद दिदै अरू सहयाेगी हातहरूलाइ पनि अाग्रह गर्नुहुन्छ । यतिमात्र हाेइन ३ केजी र त्यसमा चाहिने अावश्यक चामल, दाल, नून र तेल लिन भक्तपुर जिल्लाकाे सूर्यविनायकदेखि अाएकाे बताउनुहुन्छ । यस्तै ललितपुरदेखि पनि अाएर उक्त राहत लिएर गएकाे समेत उहांले बताउनुभयाे ।

Like