केनले आफ्नो भविष्यबारे टोट्टेनह्यामका अध्यक्षसँग कुराकानी गर्ने

Share to:

एजेन्सी । टोट्टेनह्यामका स्ट्राइकर ह्यारी केनले टोट्टेनह्याम क्लबका अध्यक्ष डेनियल लेभीसँग आफ्नो भविष्यका विषयमा राम्रो र इमानदार कुराकानी हुने आशा व्यक्त गरेका छन् । यसै साता सार्वजनिक रिपोर्टअनुसार क्लबका कप्तान केनले टोली छाड्नका लागि भद्र सहमति गरेका पछन् र औपचारिक रुपमा क्लब छाड्ने अनुमति पनि मागेका छन् । केनले पछिल्लोपटक क्लबसँग ६ वर्षको सम्झौता गरेका थिए र यो सम्झौता २०२४ सम्म लागू रहनेछ । तर, उनले अहिलेसम्म टोट्टेनह्यामबाट उपाधि जितेका छैनन् । बिहीबार एस्टन भिल्लासँग पराजित भएको टोट्टेनह्याम ५९ अंकसहित सातौं स्थानमा छ र अन्तिम खेलमा उसले लेस्टर सिटीको सामना गर्दैछ । युरोपा लिगमा छनोट हुने हो भने लेस्टर सिटीलाई हराउनुपर्नेछ र अर्को खेलमा साउथ ह्याम्पटनसँग वेस्टह्याम पराजित भएको हुनुपर्नेछ । 
२००८ मा लिग कप जितेयता टोट्टेनह्यामले कुनै उपाधि जितेको छैन । २०१९ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेर पनि टोट्टेनह्याम पराजित भएको थियो । २७ वर्षीय केनले यसअघि गेरी नेभिल्लीसँगको अन्तर्वार्ताका दौरान कुनै पश्चातापसहित आफुले करियर अन्त्य गर्न नचाहेको बताएका थिए । ‘क्लबसँग अवश्यक पनि संवाद हुन जरुरी छ’ उनले भने, ‘अध्यक्षसँग राम्रो र इमान्दार संवाद जरुरी छ । एउटा खेलाडीका रुपमा अध्यक्षले के सोच्दैछन् भन्ने तपाईलाई थाहा हुन्न् । हुनसक्छ उनले मलाई बेच्न चाहेका छन् । १० करोड पाउन्ड आउँछ भने किन नबेच्ने भन्ने पनि लागेको हुन्छ । आगामी दुई वा तीन वर्षमा म त्यति मूल्यको गरिरहने छैन ।’ इङल्यान्डका पूर्व कप्तान एलन सियरेरले केन अन्य क्लबमा जाने भविष्यवाणी गरिसकेका छन् । ‘उनले क्लबका लागि सबै दिइसकेका छन् । उनी निकै उत्कृष्ट छन् । हामी सबैलाई थाहा छ, उनले अघिल्लो सिजन नै क्लब छाड्ने अनुमति मागेका हुन सक्छन् र क्लब व्यवस्थापनलाई उनलाई थप एक वर्ष बस्न आकर्षित गरायो’ सियरेरले भने, ‘केही ठूला क्लबहरू उनको पछि छन् । म्यानचेस्टर सिटी,म्यानचेस्टर युनाइटेड र चेल्सीलाई कोही आवश्यक हुनेछ ।’

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *