दुम्सीकोट उपशाखालाई एम्बुलेन्स संचालनकालागि १ लाख३१ हजार हस्तान्तरण

अन्जनराज न्यौपाने बैशाख ,१२ गते,आईतवार
नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखालाई एम्बुलेन्स संचालनको सहयोगार्थ १ लाख३१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
हाल जापानमा कर्म थलो बनाएका ब्यास नगरपालिका -१० निवासी बर्ष ३२ का रोशन सापकोटाले उक्त रकम एम्बुलेन्स संचालनकालागि सहयोग गरेका हुन्।
रकम हस्तान्तरण कार्यक्रमका क्रममा ब्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले सामाजिक ब्याक्तित्व रोशन सापकोटाले विगतको समयहरुमा रेडक्रसका विभिन्न अभियान र गतिविधिहरुमा क्रियाशील भै लागि परेको बताउदै मानव सेवाकालागि रचनात्मक र उदहारणीय कार्य गरेको बन्दै प्रसंसा गरे। दुम्सीकोट उपशाखाले मानवीय सेवालाई अभियानका रुपमा लागि पर्नु स्वागतयोग्य भएको बताए।
कार्यक्रममा दुम्सीकोट उपशाखाका सभापति रामदत्त पौडेलले सामाजिक ब्याक्तित्व रोशन सापकोटाले विधार्थी जीवन काल देखि नै रेडक्रसका विभिन्न गतिविधिहरुमा र समाजका विभिन्न तह र तप्काकामम रहेर सक्रिय रही सहयोगी भुमिका निर्वाह गरेको वताउदै एम्बुलेन्स खरिदकालागि ब्यास नगरपालिकाबाट-५ लाख रुपैयाँ ,नेपाल रेडक्रस सोसाइटी बाट ३ लाख रुपैयाँ आर्थिक सहयोग रहने जानकारी सभापति पौडेलले दिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाका अर्थ संयोजक एब्म् रकम हस्तान्तरण कार्यक्रमका सभापति ईश्वर पौडेलले उपशाखाको पहलमा बी ग्रेडको सुविधा युक्त अत्याधुनिक उपकरण जणित एम्बुलेन्स खरिद गरिने जानकारी दिए।
नेपाल रेडक्रस दुम्सीकोट उपशाखाका अर्थ संकलनका सचिब श्रीकृष्ण आचार्यले
कुल ३० लाखको लगानीमा स्वास्थ्य कर्मी सहितको एम्बुलेन्स सेवा उपलब्ध गराईने जानकारी दिए। उनले मानव सेवाकालागि अहोरात्र खटिएका ब्यास- १० का सामाजिक अभियानताहरुको पहलमा २३ लाख रकम संकलन भै सकेको र आगामी दिनहरुमा ३० लाख रकम संकलन अभियानकाक्रममा रहेको बताए ।
Comments are closed.