समाचार प्रकाशन सम्प्रेषणकाे खण्डन प्रकाशित गरिएको सम्बन्धमा …………………..

Share to:

काठमाण्डौ सम्बाददाता/ श्री राज्य लक्ष्मी शाक्यसंग न त रिषीवी छ न त राम्राेसंग परिचय नै छ । हाम्रा लागि जगदीश वैद्य र उहां एकै हुनुहुन्छ । हामी दुवै पक्षलाइ सम्मान गर्छाैं र गरिरहने छाै । जनताका लागि सुसुचित समाचार प्रकाशन गर्दा उहांमाथि पर्न गएकाे चाेट भए यसकाे खण्डन गर्न चाहन्छाै । राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य सम्मानित काठमाण्डौ जिल्ला अदालत बाट सफाई शिर्षकमा मिति २०७७ फाल्गुण ६ गते प्रकाशित समाचारमा अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यले उहामाथी परेको झुठो आरोपमा माननीय न्यायाधिस बद्रि प्रसाद ओलीको एकल इजलासबाट सफाई पाउनुभएको छ । विभिन्न झुठो आरोप लगाई मुद्दा दिएकोमा गत २०७७/१०/३ गते सम्मानित काठमाडौ जिल्ला अदालतबाट सफाई दिएको हो । उहाका विपक्ष राज्यलक्ष्मी शाक्यले विभिन्न लान्छना लागे फिराद लेखि जिल्ला अदालत काठमाण्डौमा रित हालेको केहि महिनामा मै उहाले सफाई पाउनुभएको हो । जिल्ला अदालत काठमाण्डौले धरौटी रकममा तारिख दिएपछि विपक्ष राज्यलक्ष्मी शाक्यले उच्च अदालत पाटनमा छेकथुन गरि कारवाही गर्न भनि दिएको निवेदनमा पनि सम्मानित उच्च अदालत पाटनले खारेज गरेको थियो । सम्मानित जिल्ला अदालत काठमाण्डौले सफाई दिएपछि प्रतिक्रिया दिदै प्रा. डा. वैद्यले मान हानी नोक्शानी र विपक्षले दिएको दुःखप्रति कानून बमोजिम हुने तथा १० करोड सम्मको क्षेती पूर्तिको माग गर्दै कानून सम्मत जाने बताउनुभएकाे थियाे । यसका विषयमा राज्यलक्ष्मी शाक्यले गत वर्षका दिनहरुमा सिन्धुली जिल्लाको दुम्जास्थित कुशेश्वोर महादेव मन्दिरमा संचालन भएको आदिलिंग कुशेश्वोर वैदिक गुरुकुलमलाइ अक्षय कोषका लागि पशुपति अन्नपुर्णा आश्रमले रु. १,०५,०००/- बोल कबोल गरेबमोजिम तत्कालिन समयमा सो रुपयां उठाउने जिम्मेवारी निज शाक्यलाई संयोजक तोकिएकोमा सो रकम आश्रमको विल तथा लेटर प्याड प्रयोग गरि आश्रमका पदाधिकारी तथा सर्वसाधारणबाट रकम उठाई दुइ वर्षसम्म पनि गुरुकुल विद्द्यालयमा नबुझाएपछी विद्यालयले आश्रमलाई पत्राचार गरेपश्चात राज्यलक्ष्मी शाक्यलाई आश्रमले पटक पटक ताकेता गर्दापनि नबुझाएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गमा आश्रमले निवेदन दिन वाद्य भएको बताउदै त्यसैको रिस पोख्दै राज्यलक्ष्मीले विभिन्न गालीगलौज गरेको समेत आश्रमका एक कर्मचारीसमेतले बताएका थिए, यतिमात्र होइन कि केहि गर्दा नि केहि लागेन भने नक्कली डाक्टर तथा रास्ट्रीय समाजसेवी जगदीश वैद्यलाई जवर्जस्ती करनी केशमा समेत फसाउने भनेर दागा धरेको पनि आश्रमका सदस्य तथा पदाधिकारीहरुले बताएका थिए । गुरुकुलको सो रकम नबुझाएको भनि महानगरीय प्रहरि वृत्त दरबारमार्गमा निवेदन दिएपछि तत्कालै तत्कालिन आश्रमका अध्यक्ष रास्ट्रीय समाजसेवी प्रा. डा. जगदीश वैद्यलाई गालि गलौज गर्दै वैद्यलाई फसाउन्छु भन्दै आश्रम कार्यालयमै आइ धम्कि दिएर गएको पनि एक सदस्यले बताएका थिए । रु. ९४ हजार मात्र गुरुकुलको कृषि विकास बैंकको खाता नम्बर ०२१०५०१४९०९२३०१४ मा जम्मा गरेको आदिलिंग कुशेस्वर वैदिक गुरुकुलमका संचालक डा. विद्यानाथ कोइरालाले बताउनुभएको थियो । हाल साे मुद्दाकाे सम्मानित जील्ला अदालत काठमाण्डाैंले सफाइ दिएर फैसला गरिदिएकाे छ । यसकाे फैसला उतार पछि सम्बन्धित निकायमा पेश गर्ने नै छाैं । अरू अन्य विषयमा त्यस्ताे कुनै प्रसंग भए कार्यालयमा सम्पर्क गर्नु हुन अनुराेध गरिन्छ । सम्पादक

Like