विकास निर्माणमा राजनीति गर्न हुदैन – प्रतिनिधि सभा सदस्य श्रेष्ठ
तनहुँ ।
जिल्लाको पर्यटकीय धार्मिक तिर्थस्थल तनहुँ कालिका मन्दिरको मंगलबार उद्घाटन गरिएको छ। तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित ब्यास-४मा रहेको उक्त मन्दिर पेगोडा शैलीमा ३ तले पक्की मन्दिर निर्माण गरिएको हो। प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ( किसान)ले उक्त मन्दिरको मंगलबार उद्घाटन गरेका हुन्। मन्दिरको उद्घाटनका क्रममा बोल्दै माननिय सदस्य श्रेष्ठले विकास निर्माणमा कोही कसैले पनि राजनीति गर्न नहुने बताए। मुलुकको धार्मिक, आर्थिक, सामाजिक राजनैतिक विकासमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिए। विकासका बाधक हरुनै राष्ट्रको प्रमुख शत्रु भएको बताउँदै सबै मिलेर लाग्न सके मात्र देशको विकास संभव हुने उनले बताए । विकास निर्माणका काममा राजनैतिक गन्ध कतिपनि आउन नहुने बताउदै उनलेे ऐतिहासिक धार्मिक तिर्थ स्थलको संरक्षण ,संवर्धान ,प्रवर्द्धनकालागि हातमा हात काँधमा काँध मिलाएर लाग्नुपर्ने बताए ।
[प्रतिनिधि सभा सदस्य कृण्णकुमार श्रेष्ठ ( किसान) बाट ऐतिहासिक कालिका मन्दिरको उद्घाटन :]
विकास निर्माणमा यो मेरो यो तेरो नभनी सबैले सामुहिक रुपमा योगदान गर्न सके राष्ट्रको विकास तीव्र गतिमा चाँडोभन्दा चाँडो हुने उनले बताए। विकास गर्न सबै सलबलाउनु पर्ने ठाँउमा आफू पनि विकास नगर्ने र अरुलाईपनि विकास गर्न नदिने प्रवृत्ति हावि हुनु दुख्द भएको बताए । तनहुँको चौतर्फी विकासकालागि आफू सधै जनताको साथमा रहेको संसद श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय रामबहादुर गुरुङले तनहुँ कालिका मन्दिर पेगोडाशैलीमा निर्माण सम्पन्न भैसकेको र हजारौं आन्तरिक तथा बाहिय पर्यटक तथा भक्तजनहरुको घुईचो दैनिक लाग्दा यस क्षेत्रको सामाजिक ,आर्थिक ता पर्यटनमा तीब्र गतिमा विकास भएको प्रति खुसी ब्याक्त गरे। सबैपक्षको सहयोग र सहकार्यबाट विकास संभव हुने बताउदै प्रदेश सभा सदस्य गुरुङले ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर विकास निर्माणमा लाग्नुपर्नै बताए।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले तनहुँ कालिका तनहुँकै धार्मिक एब्म् पर्यटकीय आकर्षकको थलो बनेको बताए । जिल्ला कै पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएको प्रति खुसी ब्याक्त गरे। दैनिक हजारौं आन्तरिक एब्म् बाहिय पर्यटकको घुईचो लाग्दा यस क्षेत्रको धार्मिक महत्त्व र पर्यटनको प्रचारप्रसार व्यापक भएको बताए । प्रसिद्ध धार्मिक तिर्थ स्थल गैडाकोटमा रहेको मौलाकाली मन्दिरको जस्तै भौगोलिक संरचना रहेको यस मन्दिरमा खानेपानीको पर्याप्त ब्यबस्थापन र पिक्निक स्पोट ,शौचालय र सवारीसाधन पार्किङको ब्यबस्थापन चाँडोभन्दा चाँडो गर्नुपर्ने मा प्रमुख वाग्लेले जोड दिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शुभकामना मन्तब्यका क्रममा बोल्दै जिल्लाको धार्मिक एब्म् पर्यटकीय तिर्थ स्थल तनहुँ कालिकाको व्यापक प्रचारप्रसार भएको प्रति खुसी ब्याक्त गरे। प्रजिअ आचार्य ले विभिन्न जिल्लाहरुबाट आनतरिक एब्म् बाहिय पर्यटकको घुईचो लाग्न थालेपछि मन्दिरको प्रचारप्रसार व्यापक बन्दै गएको बताए । चितवन ,लमजुङ ,कास्की ,मनाङ,स्याङ्जा ,काठमाडौं,बागलुङ ,पर्वत र भारतबाट बाट समेत भक्तजन आउन थाले सगै सदरमुकाममा संचालित होटल रेष्टुरेन्ट र लजहरुको आर्थिक उन्नति तिब्र भएको र पर्यटनमासमेत सकारात्मक परिवर्तन आएको प्रति आफू अत्यन्तै खुसी भएको बताए । यस क्षेत्रका क्रियाशील समाजसेवीहरुको निरन्तर प्रयासले समग्रजिल्लाको विकासमा टेवा पुगेको बताए ।
मन्दिर उद्घाटन कार्यक्रमका क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेल लाई जिल्लाको शान्ति सुरक्षामा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको थियोे । यसैगरी नव निर्वाचित तनहुँ उधोग बाणिज्य सघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठलाई बधाईका साथ सम्मान गरियो । यसैगरी ,कार्यक्रममा तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई कुशल प्रशासकका रुपले महत्त्वपूर्ण योगदान पुर्याएको प्रति उच्च सम्मान गरिएको थियोे ।
तनहुँ कालिका सहिद शान्ति पार्क भित्र चिल्ड्रेन पार्क, भ्यू टावर, मिनी चिडिया खाना, पिक्निक स्पोर्ट्स ,बालउद्यान ,विभिन्न शहिदहरूको शालिक, लगायतका संरचना निर्माण गरिने शहिद कालिका शान्ति पार्क संरक्षण समितिका पूर्व कोषाध्यक्ष एक बहादुर रानाले जानकारी दिए। वि,स २०६५ साल ५ करोडको गुरुयोजना तयार गरि मन्दिरको संरचनाको काम थालिएको हो। यसैगरी , यसवर्ष संघीय सरकारको पर्यटन मन्त्रालयबाट ५० लाख ,व्यास नगरपालिकाबाट १०लाख, वडा नम्बर ४ वाट १०लाख गरी ७०लाख रुपैयाँको लागतमा उक्त मन्दिरको संरचना निर्माण कार्य सम्पन्न गरिएको हो।
कुल ८ हेक्टर क्षेत्रफलमा उक्त मन्दिर अवस्थित रहेको तनहुँ कालिका सहिद शान्तिपार्कका अध्यक्ष मोतिकुमार श्रेष्ठले जानकारी दिए।