ब्यास नगर कार्यपालिकाको २९ औं स्थापना दिवस सम्पन्न

Share to:

चैत,३० गते / तनहुँ ।

ब्यास नगर कार्यपालिका २९ औं स्थापना दिवस ब्यास नगरपालिकाको प्राङ्गणमा सोमबार सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एब्म् पुर्व वन मन्त्री शंकर भण्डारीले उद्घाटनका क्रममा बोल्दै
बर्तमान सरकार अधिनायकवादी शैलिले अधिबडेको आरोप लगाए।
नेपाल बहु भाषी ,बहुधार्मिक र बहुजातीय मुलुक भएको बताउदै नेपालमा बर्तमान सरकार निरंकुश प्रबृत्तिले राज्य सत्ता संचालन गर्दा दुख पाएको बताए । ब्यास नगरपालिकाले ग्रामीण ,अर्धशहरी र शहरी वडाहरुमा विकास निर्माणका कार्यमा तिब्र गतिले फड्को मारेको प्रति आफू हर्षित भएको बताए । खेतीयोग्य उर्भर जमिनको संरक्षण र संबर्धन गर्न र कृषिमा आत्म निर्भर बन्न सबै लागि पर्नुको विकल्प नरहेको बताए । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल छाब्दीबाराही, मानहुँकोट,गलेखामकोट,तनहुँ सुर,पुलिमराङ,तनहुँ कालिका,क्यामिन कालिका,ब्यास पराशर क्षेत्र र कुलुङकोट मनमोहक प्रमुख पर्यटकीय स्थलको व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड्दिए। सनातन हिन्दु धर्मको संरक्षण संबर्दन गर्न राज्यले विभिन्न धार्मिक गुठी ,मन्दिर र हिन्दु सम्प्रदाय प्रति वेवास्था गरि धर्म निर्पेक्ष राज्य धोषणा गरेको भन्दै विदेशी धर्मलाई प्रोत्साहित गरेको प्रति धोर आपति प्रकट गरे।
ब्यास नगरपालिकाका १४ वडाहरुमा रहेका ऐतिहासिक सम्पदाहरु,प्रमुख नदिहरु,कृषि घरेलुु तथा साना उधोगहरु,सिचाइ ,विधुत,ईन्धन,भवनहरुको संरक्षण ,मोटरेबल पुल,सामुदायिक वन,संचार जगत, ईन्टरनेट सेवा,भानु प्राणी उधेन लगाएतका क्षेत्रहरु आयआर्जनको प्रमुख स्रोत भएको बताउदै ब्यास नगरपालिकाको क्रियाशिलतावाट युवाहरूलाई रोजगारमुखी अवसर प्रदान हुने बताए ।
उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले राज्यले जनतालाई निकास दिन नसकेको आरोप लगाए। उनले युवाहरूको हक ,हित र अधिकारमाथि कुठाराघात गरेको आरोप लगाए।
गण्डकी प्रदेश सभा सदस्य दोबाटे बि,कले गण्डकी प्रदेश मै ब्यास नगरपालिका धार्मिक तगा पर्यटकीय क्षेत्रले नमुना नगरपालिका रहेको बताए ।
गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङ जनजातिको बाहुल्यता भएको जिल्लामा जनजातिको मौलिक हक हित र अधिकारकालागि आफू सधै तयार रहेको बताईन्।
ब्यास नगरका पुर्व प्रमुख धुर्ब्र वाग्ले विधिको शासन बाट नभै अधिनायकवादी शैलीले राज्य संचालन नहुदाँ जनता पिडित भएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले जिल्लाको समग्र विकास काँग्रेसको सरकारको पालामम भएको बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेल राष्ट्रको चौतर्फी विकासको लागि नेपाली काँग्रेस नै अन्तिम विक्ल्प रहेको र प्राकृतिक सम्पदाले भरिएको तनहुँ जिल्ला गण्डकी प्रदेशको नमुना जिल्ला भएको बताए ।
भानुनगरपालिकाका प्रमुख उदय राज गौली समग्र नगरको विकासकालागि सबै तह र तप्काकाका मिलेर अगाडि बड्न सक्नुपर्छ उनले भने।
ब्यास नगरपालिकाकाका प्रथम नगर प्रमुख
ताराप्रसाद श्रेष्ठ ब्यास नगरपालिका सुद्द ,हराभरा र जनहितकालागि विसुद्द र स्वतन्त्र पुर्वक प्रत्येक ग्रामीण र शहरी वडाहरुमा आगामी दिनहरूमा थप कार्ययोजना बनाएर अधि बड्न सल्लाह दिए।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ तनहुँको नगरपालिकामा ब्यास नगरपालिकामा आर्थिक श्रोत मंजबुत भएको बताउदै समग्र नगरको हितकालागि पार्टी गत स्वार्थमा लाग्न नहुने बताए ।
नेपाली काँग्रेस पार्टीका सचिव लक्ष्मी आचार्य काँग्रेस सरकारको पालामा मोटरेवल पुल,पक्की बाटो ,झोलुङ्गे पुल र माध्यमिक तथा विश्वविधालयहरु स्थापित भएको दाबी गरे ।विकासको नाममा वर्तमान सरकारले सिन्को नभाँचेक‍ो समेत उनले आरोप लगाए।
बन्दिपुरगाँउपालिकाकि उपप्रमुख करुणा गुरुङले बन्दिपुर गाँउपालिका र ब्यास नगरपालिकाको अझै सम्बन्ध दिगो हुनुपर्नेमा जोड दिईन्।
ज,स,पा का प्रतिनिधि अमर भण्डारीले ब्यास नगरका युवाहरूलाई रोजगारी मुलक ,परिणाममुखी र रचनात्मक कार्यमा लगाउन पहल कदमी हुनुपर्ने बताए ।
राप्रपाका केन्द्रीय सदस्य राजेन्द्र प्रसाद अधिकारी बैदेशिक रोजगारीमा दैनिक युवाहरु जान थालेको प्रति नगरपालिकाले रोक लगाउनुपर्ने माग राखे ।
सहायक प्रमुख जिल्ला अधिकारी चिताङ्गत बरालले नगर भित्र जिल्लाको धार्मिक ,पर्यटकीय तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न र युवाहरुलाई सृर्जनात्मक कार्यमा अग्रसर गराउन नगरपालिका कठिबद्द भएर लागिपर्नु पर्ने बताए ।
समाजसेवी शंकरनारायण श्रेष्ठले विकास निर्माणका कार्यहरू चरणबद्ध रुपले नगरपालिकाले योजना ,उदेश्य अनुसारको कार्य गर्नेमा केही ढिलो भएको बताउदै जनता सामु प्रतिबद्ध जनप्रतिनिधिहरु जनभावना र जनहितका विपरीत नहुन आग्रह गरे। कार्यक्रममा ब्यासनगरपालिकाकि उप- प्रमुख मीरा जोशीले उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गरिन्। धन्यवाद दिदै उप- प्रमुख जोशिले विगतकाो तुलनामा विकासका कामहरुमा तीब्र गतिमा अधिबडेको दाबी गरिन्।
यस्तै
कार्यक्रमको समापन ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा भएको थियोे ।

Like