वैदिक पुरोहित समाजको अध्यक्षमा दुर्गाभक्त अधिकारी निर्वाचित

अन्जनराज न्यौपाने ,२८ गते शनिबार
व्यं राष्ट्रे जागृयाम: पुरोहिता भन्ने मुलनाराका साथ वैदिक पुरोहित समाज तनहुँको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले दुर्गा भक्त अधिकारीको अध्यक्षतामा ११ जनाको जिल्ला कार्य समिति गठन गरिएको छ। समितिको उपाध्यक्ष दोय वरिष्ठ उपाध्यक्षमा विजयराज भट्टराई र शिवराम जोशी निर्वाचित भए । यसैगरी समितिको सचिवपदमा हरिश्चन्द्र धिमिरे ,सहसचिवमा रामप्रसाद पण्डित ,कोषाध्यक्षमा राजेश्वर पौडेल रहेका छन्। यसैगरी समितको सदस्यहरुमा क्रमश : रामेश्वर काफ्ले,सदस्यमा, देवराज भट्टराई,सदस्य पुर्णप्राद अधिकारी,सदस्य विदुर सिग्देल
सदस्य ईश्वर पोख्रेल निर्वाचित भए ।
कार्यक्रमका प्रमुख अतिथि ब्यास नगरका नगर प्रमुख बैकुण्ठ न्यौपानेले आफ्नो शुभकामना मन्तब्यका क्रममा बोल्दै सनातन हिन्दु धर्मको धरोहर नेपालका पुरोहितहरुले आफ्नो धर्म ,रीतिरिवाज ,परम्परालाई सदैव जोगाएर लागि पर्न आग्रह गरे। समाजको सकारात्मक आमूल परिवतनकालागि सबै सनातन हिन्दुधर्मालम्बीहरुमा एकता सहिष्णुता र सदभावको अतिनै खाँचो रहेको बताउदै हिन्दुधर्मावलम्बीले सदैव धर्म रक्षाकालागि हातमाहात काँधमा काँध मिलाएर अधि बड्नुको विक्ल्प नभएको बताए ।
उक्त साधारणसभाका विशिष्ट अतिथिका रुपमा रहेका ब्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठले शुभकामना मन्तब्यका क्रममा बोल्दै कर्म काण्ड गर्दा एकरुपता हुन जरुरी रहेको बताए । भाईभाईमा एकता भए असंभव भन्ने कुरा कहि कतै र कुनै पनि विषयमा नहुने बताए ।
यसैगरी शुभकामना मन्तब्यका क्रममा श्रीकृष्ण दैपायनका अध्यक्ष प्रेमप्रकाश भट्टराईले सनातन धर्मलाई अक्ष्युण राख्नु पर्नेमा जोड दिए। धर्मको रक्षा गरे आफ्नो पनि रक्षा हुने वताउदै आध्यात्मिक शक्ति नै मानवजीवनको मुख्य शक्ति भएको बताए ।
जय माँ दुर्गैकि अध्यक्ष कल्पना गौलीले पुरोहितले जातीय विभेद लाई जरै देखि उखालेर फाल्नुपर्ने बताउदै बोलेर भन्दा ब्यबहारिक रुपमा परिवर्तन ल्याउन सक्नु आजको आब्श्यकता भएको बताईन्।
कार्यक्रममा १ सय३० जना पुरोहितहरुको सहभागीता थियोे ।