ट्राफिक प्रहरीको सराहनीय कार्य

चितवन जिल्ला स्थित भरतपुर महानगरपालिका वडा नम्वर १० चौविसकोठी सडक खण्डमा नारायणगढ बाट जगतपुर तर्फ जाँदै गरेको ना३ख ७३६७ नम्बरको भाडामा चल्ने बसमा सवार जिल्ला तनहुँ रिसिङ राम्जाकोट गा.पा.वडा नं.५ घर भई हाल भ.म.न.पा.१६ बिजयनगर बस्ने बर्ष ७३ की सिता देवि ढकालको प्रेमबस्ति चोकबाट तत्काल नम्बर नखुलेको बस बाट झर्ने क्रममा झोला सहित झोलामा राखेको सुनका गरगहना ,नागरिकता लगायतका महत्वपूर्ण सामान छुटेको भनि ट्राफिक प्रहरी कार्यालयमा जानकारी प्राप्त हुना साथ कार्यालय बाट ट्राफिक प्रहरीको टोलि खटि ना३ख ७३६७ नं.को भाडा बस पत्ता लगाई छुटेको सामान (सुन- २ तोला, पैसा रु. १०३५/- , नागरिकता र बिभिन्न बैंकका चेक लगायत) फेला पारी सम्बन्धित धनिलाई बुझाएको हो।

Like