२ अर्वको लगानीमा बन्दिपुरमा केबलकार निर्माण

Share to:

अन्जनराज न्यौपाने ,चैत ५ गते गण्डकी प्रदेश तनहुँ कुल २ अर्वको लागतमा बन्दिपुरमा केवलकार निर्माणकार्य सम्पन्न हुने भएको छ। हाल सम्ममा अपर र लोवर स्टेशनको ९० प्रतिशत निर्माणका कामहरु सकिएका छन्।
पृथ्वीराजमार्ग स्थित विमलनगर-४ ठुलो ढुङ्गाबाट बन्दिपुर अप्पर स्टेसन पुग्न कुल १६ मिटर दुरीको केबलकारका लागि १७ वटा टावर निर्माण गरिने भएको हो।
कुल १२ वटा मध्येमा९ वटा टावर बनिसकेको र ३ वटा टावर बन्न बाँकी रहेको कन्स्ट्रक्सनका ईन्जिनियर अजय चौरसीयाले जानकारी दिए।
अबको २ बर्षमा केबलकार निर्माण प्रक्रिया सम्पन्न गरिने र आगामी बडा दशैको फुलपातीका दिन केवलकार संचालन गरिेने लक्ष्य राखिएको बन्दिपुर केवलकार प्रालिका कार्यकारी निर्देशक कृण्णराज अधिकारीले बताए ।
केबलकार संचालनमा आएपछि स्थानीय ५सय जनाले रोजगारी पाउने प्रालिले जनाएको छ।
स्थानीयले रोजगारीका विषयमा दक्ष जनशक्तिको अभावका कारण स्थानीयले हाल सम्म कन्स्ट्रक्सनको काममा रोजगारी नपाएको बन्दिपुर केवलकार प्रालिका कार्यकारी निर्देशक अधिकारी जानकारी दिए ।
उनी भन्छन २० प्रतिशत बन्दिपुरका स्थानीय वासीलाई सेयर खुलाएको र १लाख रुपैयाँबाट सेयर शुरु गरिएको छ उनले भने।कुल २५ रोपनी जग्गामा निर्माण गरिएको उक्त केवलकारकालागि १५ यात्रुको डिम्बा र २ वटा ट्रान्सपोटको डिब्बा बनाउने गरि१७ वटा रहने बन्दिपुर केवलकार प्रा,लिका कार्यकारी निर्देशक अधिकारीले बताए ।
छोटोे दुरीको भए पनि तल कुहिरो लाग्ने स्थानबाट माथिल्लो बन्दिपुरबजारमा घामलाग्ने स्थान सम्म पुग्न सकिने छ। सिसाको भ्युटार निर्माण कार्य भैरहेको छ। क्युन टावर होटल १ अर्वको लागतमा निर्माण कार्य हुँदै
स्युमिङपुल,भ्युटावर,वाक्सम्युजियम,भुतबंगला र ५ सय जना क्षमताको कन्फेन्स हल निर्माण कार्य भैरहेको छ ।गडी,बिन्दवासीनीमन्दिर ,टुडी खेल,सल्लाघारी,रानीबन ,थानीमाई,राजा मणिमुकुन्द सेन दरबारको भगनाबसेस,चीनको प्रसिद्ध ग्रेटवाललाई विर्साउने लामो पर्खाल निर्माण,ठुला साना रिसोर्ट ,होटल,लज ,स्पोट,सामुदायिक होमस्टे निर्माण गरिएको छ।क्नभे रेलव्ये स्टेसन टावर ,डिब्बा र कन्स्ट्रक्सनले जिम्मा लिएको प्रालिले जनाएको छ।

Like